arrow

पाँच पटकको परीक्षणमा पनि पत्ता लागेन क्यान्सर, बिरामीको गयो ज्यान, यस्तो छ घटना

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
pamela-north.jpg

बेलायत । पाँच पटकको परीक्षणमा पनि डाक्टरहरुले क्यान्सर रहेको पत्ता लगाउन नसकेपछि एक महिलाको ज्यान गए थियो। सन् २०१५ को फेब्रुअरी महिनामा उनलाई क्यान्सर भएको पाइएको थियो । यद्यपि एक वर्षअघि नै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला भने उनीहरुले कुनै पनि संकेतहरु फेला पार्न सकेको थिएनन् ।

डाक्टरहरुले यस बीचमा निकै परीक्षणहरु गरेका थिए तर उनीहरुले क्यान्सर रहेको पत्ता लगाउन भने सकेका थिएनन् । पामेला नर्थ नाम गरेकी महिलाको सन् २०१६ को मे महिनामा क्यान्सरको कारण ज्यान गयो । यो घटनाको विषयमा गरिएको अनुसन्धानको क्रममा डाक्टरहरुको कमजोरी पाइएको हो ।

एक वर्षअघि पहिचान गरिएको खण्डमा महिलाको बाच्ने सम्भावना ७० प्रतिशत रहेको थियो तर एक वर्षसम्म पनि कुनै किसिमको संकेत फेला नपर्नुले भने उनलाई बचाउन नसकिएको अनुसन्धानमा पाइएको छ ।

सन् २०१६ मा नर्थको ७३ वर्षको उमेरमा ज्यान गएको थियो । उनका सात नातिनातिना र दुई पनातिहरु रहेका छन् । उनी सन् १९८० को दशकमा विद्यालय सहयोगीको पेशाबाट अवकाश पाएकी महिला हुन् । उनको डाइग्नोसिसमा नौ महिनाको ढिलाइ भएको थियो ।

अस्पतालको यस किसिमको लापरबाहीको विषयमा उनका छोराले उजुरी दिएका थिए । यो उजुरी परेपछि मात्र यस विषयमा अनुसन्धान सुरु भएको थियो ।

७० प्रतिशत बाँच्ने सम्भावना रहनु भनेको धेरै हदसम्म मानिसको बाँच्ने सम्भावना हुनु रहेको तर अस्पतालको लापरबाहीको कारण आफ्नी आमाको ज्यान गएको उनका छोराले बताएका थिए ।

डाइग्नोसिस गर्नुभन्दा एक वर्षअगाडि पनि महिला पाँचपटक अस्पतालमा गएकी थिइन् । उनको सबै किसिमको परीक्षण गरिएको थियो तर डक्टरहरुले उनलाई अवस्था सामान्य रहेको भन्दै फर्काएका थिए ।

पाँचपटकको विवरणमा नै सबै अवस्थाहरु असामान्य रहेको देखिएको भए पनि उनलाई सामान्य अवस्था रहेको भन्दै फर्काइनु डक्टरहरुको कमजोरी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

रेडियोथेरापी र केमोथेरापी आवश्यक पर्ने क्यान्सरको लागि डक्टरहरुले भने रोग नै पत्ता लगाउन नसकेका हुन् । प्रतिवर्ष बेलायतमा ब्लाडर क्यान्सरका १० हजार नयाँ केसहरु आउने गरेका छन् र जसमा करिब ५४ सय मानिसहरुको ज्यान जाने गरेको छ ।

पाँच वर्षअघि डाइग्नोसिस गरिएका ५० प्रतिशत मानिसहरु पनि अहिले सामान्य जीवनयापन गरिरहेको विभिन्न विवरणहरुले देखाएका छन् ।

अस्पतालको व्यवस्थापन सही नरहेको कारण अस्पतालका डाक्टर र नर्सहरुले सबै बिरामीहरुको स्याहार गर्न नसकेको अनुसन्धानको क्रममा खुलेको छ ।

यो घटनामा दुःख व्यक्त गर्दै एक कोषबाट परिवारलाई १० हजार पाउण्डबराबरको क्षतिपूर्ति दिइएको छ । उनीहरुले सो रकम अन्तिम समयमा नर्थलाई स्याहार गर्ने अस्पताललाई अनुदान दिने निर्णय गरेका छन् । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ