arrow

आफ्नै दूध बेचेर लाखौं कमाइरहेकी महिला, अहिलेसम्म बिक्री गरिन् ५०० लिटर दूध

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार
rafaela-lamprou.jpeg

काठमाडौं । मानिसहरु रोजगारीको लागि धेरै प्रायास गर्ने गर्छन् । साथै विभिन्न किसिमका उपायहरु पनि खोज्ने गरेका छन् । यस्तोमा एक महिला आफ्नै दूध बिक्री गरेर खलपति बनेकी छिन् । झट्ट सुन्दा विश्वास नलाग्न सक्छ तर यो साँचो घटना हो ।

 साइप्रसकी दुई बच्चाकी आमा राफाएला लाप्रोउले आफ्नो दूध बेचेर लाखौं रकम आर्जन गरेकी हुन् । राफाएलाको दूधको माग पनि केही निश्चित वर्गमा उल्लेख्य मात्रामा रहेको छ । केही महिनाअघि उनले एक बच्चालार्इ जन्म दिएकी थिइन् तब उनलाई आफ्नो दूध आवश्यकताभन्दा बढी रहेको महसुस भएको थियो ।

डक्टरहरुलाई परीक्षण गराउँदा उनको शरीरमा अधिक मात्रामा दूध उत्पादन भइरहेको पाइएको थियो । उनले बच्चाको लागि दूध जम्मा पार्ने निधो गरिन् तर उनको दूध निकै नै बढी थियो । उनी मानिसको दूधमा प्रोटिन र भिटामिन भरपूर हुन्छ भन्ने कुरामा जानकार थिइन् ।

 तौल घटाउनेदेखि शरीर आकर्षक बनाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यस्तोमा उनले आफ्नो दूध अनलाइनमा बिक्री गर्ने निर्णय गरेकी थिइन् । यद्यपि उनले त्यतिबेलासम्म आफ्नो दूध बेचिनन् जतिबेलासम्म दूध कम आउने महिलाहरुको समस्या समाधान भएको थिएन।

उनले आफूले अहिलेसम्म ५ सय लिटर दूध बेचिसकेको बताएकी छिन् । जसबाट उनले करिब ४५ सय पाउण्ड रकम आर्जन गरेकी छिन् । त्यसका लागि उनले सामाजिक सञ्जाल फेसबुकमा पनि एउटा ग्रुप बनाएकी छिन् र जसको माध्यमबाट मानिसहरुले उनलाई सम्पर्क गर्न सक्नेछन् । उनले आफूले आजसम्म धूमपान तथा मदिरापान नगरेको बताएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ