नटिक्ने सम्बन्धमा यौन सम्वन्ध हानिकारक
प्रकाशित मिति : २०७२ फाल्गुण १५ शनिबार

एजेन्सी। एक अध्ययनका अनुसार व्यक्तिको भावनामा रूपमा असर पार्ने यौन सम्वन्ध हानिकारक हुने वताइएको छ। भावनात्मक रुपमा कमजोर वनाउने यौन सम्वन्ध महिला र पुरुष दुबैका लागि हानिकारक हुने बताइएको हो।
अध्ययनका अनुसार यदि कुनै पनि व्यक्ति आफ्नो ब्वाइफ्रेंड वा गर्लफ्रेन्डसँग यौन सम्वन्ध राख्छन भने त्यो वैवाहिक सम्वन्ध राख्ने हदसम्म मात्र उपयुक्त हुने छ। ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डबीच भएको यौन क्रियाकलाप सम्बन्ध टुट्ने अवस्थाको लागि भने हानिकारक हुने अध्ययनले बताएको छ।
सो अध्ययनका अनुसार यदि ब्वाइफ्रेंड र गर्लफ्रेन्डबीचमा सम्वन्ध टुटीहाल्यो भने ति घटनाले दुवै पक्षलाई भावनात्मक रूपमा कमजोर बनाउने अध्ययनको निष्कर्ष छ। यदि तपाइ पनि आफ्नो ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्डसँग यौन सम्वन्ध राख्दै हुनुहुन्छ भने विचार पुर्याउन पनि अध्ययनका शोधकर्ताहरुले सुझाव दिएका छन्।
जीन्दगीभर सम्झना भएर रहने त्यस किसिमको यौन सम्वन्ध ब्रेकअप पछि पनि याद आउने कारणले व्यक्तिलाई त्यसले भित्रभित्रै कमजोर बनाउने अध्ययनको निष्कर्ष छ। शोधकर्ताहरुका अनुसार सम्वन्ध टुटेपछिको एकान्त अवस्थामा त्यस किसिमका व्यक्तिलाई तिनै सम्वन्धको बारेमा मात्र याद आउँछ। जुन उनीहरुकै लागि हानिकारक छ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">