arrow

दैलेख जिल्लाको वजेट ३ अर्व २६ करोड

२४ औं जिल्ला परिषद सम्पन्न

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७२ फागुन १५ शनिबार
dailekh-15-,.jpg.jpeg
दैलेख । जिल्ला विकास समिति दैलेखको २४ औं जिल्ला परिषदमा ३ अर्व २६ करोड ५२ लाख ३२ हजारको प्रस्तावत वजेट पेश गरिएको छ । सम्वृद्ध र आत्मनिर्भर दैलेखको परिकल्पना सहित ब्यवसायिक कृषि, जलश्रोत, पर्यटन र गुणस्तरिय पुर्वाधार, सुशासनयुक्त र समुन्नत दैलेखका मुल आधार भन्ने नारा का साथ शुरु भएको जिल्ला परिषदको उदघाटन स्थानीय विकास राज्य मन्त्रि कुन्ति कुमारी शाहीले   गरिन् । 
 
जिल्लाको समग्र विकास कार्यक्रमलाई योजनावद्ध, ब्यवस्थित र प्रभावकारी रुपमा अगाडि वढाउन , स्थानीय जनताको माग, आवश्यकता, जिल्लामा प्राप्त श्रोत र साधनको अवस्था, राजनीतिक दल, राष्टिय तथा अन्तराष्टिय गैरसरकारी संस्था र निजीक्षेत्रको समन्वयमा समावेशी, समन्यायिक, वातावरण अनुकुलित र सुशासन युक्त विकास कार्यक्रम अगाडि  वढाउन वस्ती देखि विभिन्न चरण हुदै आएका योजनाहरुलाई प्राथमिकिकरण गरेर वजेटहरु पेश गरिएको परिषदका अध्यक्ष एवं स्थानीय विकास अधिकारी हरि प्याकुरलले वताए  ।
 
जिल्लाका ग्रामीण वस्ती सम्म यातायातको सहज पुराउन, सामाजिक, आर्थिक, सास्कृतिक विकासको दृष्टिले पछाडि परेका वर्ग, लोपोन्मुख आदिवासी, जनजाती,महिला, दलित, असहाय, अपाङ्ग, विपन्न वर्गलाई विकासको प्रत्यक्ष प्रतिफल दिलाउन, उत्पादनशिल क्षेत्रमा लगानी वृद्धि गर्न, पुर्ननिर्माण तथा राहतका कार्यक्रमहरु संचालन गर्नु, ऐतिहासीक, धार्मिक तथा परातात्विक सम्पदाको संरक्षण गर्नु, शैक्षिक गुणस्तरमा सुधार ल्याउनु जस्ता विषयलाई मध्येनजर गरिएको प्याकुरेलले वताए  ।
 
कार्यक्रममा विशेष अतिथिमा सभासदहरु अम्मर वहादुर थापा, लक्ष्मि पोखरेल, ललिता रेग्मीले जिल्लाको विकासमा सवै राजनैतिक दलहरु एक भएको र जिल्लाको विकासमा सवैको एउटै लक्ष्य भएको वताउनु भएको थियो । जिल्लाका ठुला ठुला योजनाहरुमा सवैको सहयोग को अपेक्षा गरेको र जिल्लालाई विकासको बाटोमा लम्काउन सहज हुने जनाए ।
 
 कार्यक्रममा नागरिक समाज, विकास साझेदार संघसंस्था, मानवअधिकारवादि, समाजसेवी,  शिक्षक, वुद्धिजिवि, उद्योगपति, ब्यापारी, कर्मचारी, पत्रकार हरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने कर्मचारी, गैरसरकारी संस्था, पत्रकार, उपभोक्ता समिति आदिलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ