arrow

नायिकाको तस्बिर किसानको खेतमा, आखाँ जोगाउने यस्तो जुक्ति

logo
प्रकाशित २०७५ मंसिर ८ शनिबार

काठमाडौं। मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई देखेपछि पशु र पंक्षी पनि लठ्ठ पर्छन् होला।उनको रुपदेखि मानिस अवाक् छन्। उनको अनुहारमा जादू छ। शरीरमा त्यो वासना छ जुन वासनासंग भगवान ईन्द्र पनि काबुमा आउँथे होला।

तर भारतको आन्ध्रप्रदेशको निलोरे जिल्लाको कुरा बेग्लै छ। त्यहाँ त सन्नी नियोनीको पोष्टर राखेरै एक किसानले बाली जोगाउन सफल भएका छन्। बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारे। उनीमाथि आँखा पनि लगाए। गाउँलेहरुको तरकारीमा परेको गिद्धे दृष्टि हटाउन रेड्डीले उपाय रचे। त्यो उपायले चामत्कारिक काम गरेको छ। उपाय हो पूर्व अश्लील चलचित्रकी नायिका सन्नी लियोनीको ग्ल्यामर तस्वीर।

ठूलो बोर्डमा लियोनीको बिकिनी लगाएको तस्वीर रेड्डीले तरकारी बारीको छेवैंमा राखे। त्यसमा उनले तेलुगु भाषामा ‘ए ! ममाथि आरिस नगर ’ भनेर लेखिएको छ।  यो तरिकाले ती गाउँलेहरुको ध्यान सन्नी लियोनीतिर जाने र खेतीबाली कसैले नहेर्ने रेड्डीको तर्क छ।

भारतमा अन्धविश्वास कायमै छ। मानिसले अन्न हेरे कुहिन सक्छ भन्ने अन्धविश्वासमा परेका रेड्डीलाई यसपटक बाली राम्रो भएकोमा सन्तोष लागेको छ। रेड्डीलाई त्यस्तो तस्वीर राख्न पाइन्छ वा पाइँदैन भन्ने कानुनी कुरा केही थाहा नभए पनि उनको सन्तोष खोज्ने उपाय भने गज्जबको छ।

रेड्डी आफैले भनेका छन्, ‘कोही अधिकारी वा पुलिस आएर मलाई कुनै समस्या दिएका छैनन्।’ उनलाई लागेको छ ‘उनीहरुले किन अवरोध गर्ने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ