arrow

कार्यकर्ताको भावनाको कदरका लागि सभापतिमा उम्मेदवारी

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
ramchandra-poudel.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताएका छन्  । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै पौडेलले पार्टीमा आफू विजयी भए सबै कार्यकर्ताको भावनालाई मूर्त रुप दिने प्रतिबद्धता जनाए  । पौडेलले भने — “म काम गर्ने व्यक्ति हुँ, काम गर्न पद चाहिने भएकाले मात्र मैले पदका लागि सभापतिमा उम्मेदवारी दिएको छु, तपार्इंहरु ढुक्क हुनुहोस्, म सबैको भावनालाई पुरा गर्नेछु ।” 
 
नेता पौडेलले अहिलेको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले उम्मेदवारी दिन आवश्यक रहेको बताए  । १३औँ महाधिवेशनले पार्टीलाई नयाँ जीवन्तता दिने खालको नेतृत्व चयन गर्न सक्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई कसैको दबाबमा नपरीकन जिल्लाबाट आउँदा जे निर्णय लिएर आएको हो त्यही निर्णयमा अडिग रहन आग्रह गरे । अहिले काँग्रेसका सामु आफ्नो पार्टीको मात्र अभिभारा नभई देशको विद्यमान परिस्थितिलाई सम्हाल्ने अभिभारा पनि थपिएकाले काँग्रेसको अधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ