arrow

महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ सुरु

logo
जीवन भण्डारी,
प्रकाशित २०७२ फागुन १५ शनिबार
congress.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकका लागि आवासको व्यवस्था गर्न होटल बुकिङ सुरु भएको छ ।महाधिवेशनका लागि भोजन तथा आवासको व्यवस्था गर्न गठित भोजन तथा आवास व्यवस्थापन समितिले होटल बुकिङ सुरु गरेको हो । काँग्रेसको अर्थसमिति र भोजन समितिका सदस्यहरुको संयुक्त टोलीले आवासका लागि होटलको बुकिङ सुरु गरेको र भोजनका लागि भने टेन्डर आह्वान गरिएकाले आइतबारसम्ममा ठेकेदारको टुङ्गो लाग्ने समितिले जनाएको छ ।
 
समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अर्थ समितिसँग बिहीबार छलफल गरेर होटल बुकिङका लागि सुरुमा दिनुपर्ने केही रकम माग गरिएको बताए ।अघिल्लो महाधिवेशनमा आवास तथा भोजनका लागि रु ६६ लाख खर्च भएकोमा यसपटक त्योभन्दा केही बढी खर्च लाग्ने समितिका संयोजक केसीको अनुमान छ।
 
यही फागुन २० देखि २३ गतेसम्म हुने महाधिवेशनका लागि झन्डै तीन हजार ३०० प्रतिनिधिबाहेक पाहुना, पर्यवेक्षक, सहयोगीलगायत गरेर झन्डै चार हजारजनालाई भोजन तथा आवासका लागि समितिले तयारी गरिरहेको छ । उनीहरुलाई समितिले काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, गौशालालगायतका क्षेत्रका होटलमा आवासको व्यवस्था मिलाउन लागेको हो ।
 
काँग्रेसको महाधिवेशनका लागि केसीको संयोजकत्वमा १२ जना केन्द्रीय नेताहरु रहेको भोजन–आवास व्यवस्थापन समिति गठन गरिएको छ । भोजन तथा आवास समितिबाहेक काँग्रेसले महाधिवेशनका लागि भन्दै अन्य १२ वटा समिति पनि बनाएको छ । ती सबै समितिहरुले आ–आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ