भक्तपुर। नेपाली काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्। शनिवार भएको दोस्रो चरणको चुनावमा थापाले संस्थापन पक्षका सभापतिका उम्मेदवार अष्टकुमार कवेलाई हराएका हुन। थापाले २५४ र कवेले १९८ मत ल्याएका थिए। जिल्ला अधिवेशनको बुधवार भएको निर्वाचनमा जिल्ला सभापतिको चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन भएको हो।
संस्थापन पक्षका सभापतिका उम्मेदवार अष्टकुमार कवे बरिष्ठ नेता शेर बहादुर देउवा निकट थापासँग पराजित भएका हुन। थापाले आफ्नो विजयसँगै कार्यकर्ताहरुलाई सम्वोधन गर्दै भक्तपुरमा काँग्रेसलाई एक नम्वरको पार्टी बनाउने घोषणा गरेका छन्।
अधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये सचिवमा उद्धव सिलवाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विजेश अवाल निर्वाचित भए। जिल्ला सदस्यमा किरण न्यौपाने, मुरारी आचार्य, निशान ढुङेल, धर्मराज थापा, नवराज दाहाल, प्रेम खत्री, हरि नेपाल, राजनकाजी त्वाती, केदार खड्का, गोकुल शर्मा निर्वाचित भएका छन्।
त्यसैगरी महिला जिल्ला सदस्यतर्फ सारदा झा, उर्मिला वन, निलकमल ध्वजू, सचिला खड्का, दलित तर्फ राम बोगटी र रोजी विशुङ्खे, आदीवासी जनजाति तर्फ किरण माकजु, शिवराम श्रेष्ठ, अल्पसङ्ख्यकमा शशी बस्नेत, रमा ढकाल शिल्पकार निर्वाचित भएका छन्।
महासमिति सदस्यमा भने गणेशमान चक्रधर, रामेश्वर ढुङ्गेल, विनोद कायस्थ, बाबुराजा जोशी, मदनकृष्ण श्रेष्ठ, प्रवीण वन, निशान ढुङ्गेल, रजनी जोन्छे, सुभद्रा काफ्ले, विष्णुराज कार्की, जगन्नाथ कार्की, निर्वाचित भएका छन्।