arrow

बिराट गोल्डकपको उपाधि पुलिसलाई

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
police-club.jpg.jpeg
काठमाडौ । बिराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापा ११ लाई पराजित गर्दै पुलिसले उपाधी जितेको हो । पुलिसले उपाधीसँगै पाँच लाख एक हजार र ट्रफी पायो । त्यस्तै  उपविजेता  झापाले तीन लाख एक हजार नगद र ट्रफी हात पारेको छ ।
 
सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा पुलिसका भरत साहले गरेको गोल नै निर्णयक बन्यो ।उनले पुलिसको जितका लागि दोस्रो हाफको ४२ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द फाइनल पुलिसका भोला सिलवाल र उत्कृष्ट खेलाडी पुलिसका सुमन सुवेदी भए । सुवेदीले मोटरसाइकल पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ