arrow

जब अन्डरवेयर लिएर संसदमा पुगिन् सांसद

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
underware-bbc.jpg

काठमाडौं । विश्वमानचित्रमा समाज कता गइरहेको छ ? यसको छिनोफानो गर्न सहजै मुस्किल छ । किनकि यसको मापन गर्न नै सकिएको छैन । त्यसको उदाहरण सामाजिक संजाल हेरे पुग्छ । 

अझ समाजलाई नेतृत्व गरेर अगाडि बढ्ने नेताहरु नै कहिलेकाहिं रेलले लिक छाडेझैं छाडेर हिनिदिन्छन् तब के होला ? कुनै पनि विषयको मर्यादा नाघे के होला ? 

त्यस्तै भएको छ आयरल्याण्डमा । सहमतिमा यौनसम्बन्धको बहस चर्किएको बेला आयरल्याण्डकी एक सांसद अन्डरवेयर लिएर संसदमा पुगिन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत भएको थियो ।

१७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए –‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले अन्डरवेयर लगाएकी थिइन्, जसमा अगाडि फित्ता पनि थियो ।’ न्यायाधीशले २८ वर्षीय अभियुक्तलाई दोषी ठहर गरेनन् ।

अदालतको फैसलामा विवाद भएपछि बलात्कार पीडितमाथि आरोप लगाइएको विषय उठाउन एक महिला सांसद अन्डरवेयर लिएरै संसदमा उपस्थित भएकी हुन् ।

संसदमा निलो रंगको फित्तावाला अन्डरवेयर देखाउँदै सांसद रुथ कोपिन्जरले भनिन्–‘ यहाँ अन्डरवेयर देखाउन लाजमर्दो हुनसक्छ । तर, हामीले सोच्नुपर्छ कि एक महिलाको अन्डरवेयरलाई अदालतमा देखाइयो भने उसलाई कस्तो हुन्छ ?’

यो विषयमा सबैभन्दा पहिला ६ नोभेम्बरमा आईरिस एक्जामिनर अखबारमा रिपोर्ट प्रकाशित भएको थियो । घटनाका अभियुक्तका अनुसार सहमतिमै शारिरीक सम्बन्ध राखिएको थियो । तर, उनको वकिल एलिजाबेथ ओकोनेलले दिएको तर्कले सामाजिक सञ्जालमा निकै विवाद भएको छ ।

एक्जामिनरको रिपोर्टअनुसार उनले सोधे – ‘के प्रमाणले यो सम्भावनालाई अस्वीकार गर्छ कि उनी उभियुक्ततर्फ आकर्षित थिइन्, भेट्न र साथमा बस्न सहमत थिइन् ?’

वकिलले न्यायाधीशलाई भने–‘तपाईंले हेर्नुपर्छ कि उनले कस्तो कपडा लगाएकी थिइन् । उनले अन्डरवेयर लगाएकी थिइन्, जसको अगाडि फित्ता पनि थियो ।’ 

यो रिपोर्ट सार्वजनिक भएलगतै डबलिन रेप क्राइसिस सेन्टरका प्रमुखले अधिवक्ताको बयानको आलोचना गरेकी छिन् । उनले फैसलाको आलोचना नगरी कानुनी प्रक्रियामा सुधारको माग गरेकी छन् ।

समाजवादी महिलावादी समूह रोजाले सामाजिक सञ्जालमा अभियान नै चलाएको छ भने राजधानी डब्लिनका साथै कयौं शहरमा प्रदर्शन भएको छ । 

सबैभन्दा ठूलो सोच हो । सोच नै राम्रो हुन सकेन भने त्यहाँ जस्तोसुकै कानुन लगाए पनि केही हुनेवाला छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ