arrow

एनआरएनए मकाउका उपाध्यक्ष सहित ६जनाले दिए राजिनामा

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
nrn.jpg.jpeg
मकाउ। एनआरएनए एनसीसी मकाउका उपाध्यक्ष सहित ६ जनाले संयूक्त बिज्ञप्ति निकाल्दै राजिनामा दिएका छन्। राजिनामा दिनेहरुमा बर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, महिला संयोजक छोरी मैया श्रेष्ठ महर्जन, सदस्यहरु कुमारी लिम्बु, सुमन कुमार कार्की, पुर्ण चन्द्र लामिछाने र गोपाल बहादुर दर्लामी रहेका छन्। बर्तमान अध्यक्ष मुकेश कुमारप्रति असन्तुष्टी देखाउदै राजिनामा दिएको जनाईएको छ। 
 
करिब एक महिना अगाडि एनआरएनए मकाउमा सहयोग माग्न आएकी सन्जु थापाको सवालमा संस्थाले सन्तुलित र सहयोगि भूमिका खेल्नुको सट्टा निज सन्जु थापालाई प्रयोग गर्दै बिषय बस्तुलाई अतिरन्जित गर्दै पूर्व एनआरएनए मकाउ अध्यक्ष सुदर्शन थापा मगरको बदनाम गराउने कार्यमा बर्तमान अध्यक्ष सक्रिय भएको बिज्ञप्तिमा जनाईएको छ। संस्थाको बैठक समेत नबसी आफूखुसी व्यक्तिगत रिसिबि साध्नलाई एनआरएनए मकाउ जस्तो गरिमामय संस्थाको लेटरप्याड प्रयोग गरी दुरुपयोग गरेकोमा उनिहरुले आपत्ति जनाउँदै राजिनामा दिएका हुन्। एनआरएनए आईसीसी, रिजनल संयोजक तथा उपसंयोजकलाई समेत यसको जानकारी दिएको  छ। 
 
सुदर्शन थापा मगरले लामो समयसम्म एनआरएनए मकाउको अध्यक्ष भएर मकाउका नेपालीका लागि कार्य गरेका छन्। बाढिपिडितका लागि होस् या भूकम्प पिडितका लागि थापा मगरले सधै देश र नेपालीका लागि कार्यरत भएको पाएको कार्यसमितिका एक सदस्यले बताए। थापा मगर हाल जनसम्पर्क समिति मकाउका अध्यक्ष समेत रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ