arrow

गणितज्ञले गरे सिस्टम ब्रेक, १४ पटक आफैलाई लट्री

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
lottery.jpeg

काठमाडौं ।  लट्री खेल्नुलाई नकरात्मक रुपमा हेरिन्छ । त्यसको कारण एउटा नम्बरकै विश्वासमा जीवन भरि कमाई गरेको रुपैयाँ उडाउन सकिदैन भन्ने हो । लट्री खेल्ने व्यक्तिले  एक  पटक लट्री लागे सबै नोक्सानीको भरपाई हुन्छ भन्ने सोचाइमा हुन्छ । उ बिना मेहनत लाखौ-करोडौ जम्मा गर्न चाहान्छ ।

लट्री खेल्ने मानिस भाग्यमा विश्वास गर्ने गर्दछन् । तर एक व्याक्ति यो खेलमा आफ्नो दिमागको प्रयोग गरेर १४ पटक लट्री जितेका छन् । ती व्यक्ति हुन् स्टीफेन मण्डेल । रोमानियामा जन्मिएका मण्डेलले सन् १९६० मा अस्ट्रेलियाको नागरिकता लिए । मण्डेल पेशाले गणितज्ञ थिए , उनले लट्रीको फर्मेट नै तोडिदिए १४ पटक लट्री जितेर।

स्टीफेनले आफ्नो गणितको माध्यमबाट लट्री सिस्टमलाई ब्रेक गरे ।  पहिले उनले लट्रीको सुत्र बुझे , पछि धेरै रकमको पर्खाइमा बसे । उनले सबैभन्दा धेरै रकममा आफ्नो सुत्र लगाए । मेण्डलले लट्रीको रकम जितेपछि देशनै छोडिदिए । उनि परिवारसँग अस्ट्रेलियामा गए र  नागरिकता लिए ।

 मेण्डलले पटक पटक जितेपछि लट्रीका मालिक हैरान भए । मेण्डल कानून उल्लंघन नगरि लट्री जित्दै गए । जस कारण कम्पनीहरुले लट्रीको नियममा परिवर्तन गरे ।

नियम परिवर्तन गरेपछि मेण्डलले आफ्नै लट्री फर्म खोले । उनका विरोधिहहरुले घोटाको आरोप लगाए । मेण्डल २० महिना जेलमा बसे र जेल बाहिर आएर उनि पुन गणितमाथि अध्ययन गर्न थाले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ