arrow

जिउँदै स्वर्ग देख्न चाहनुहुन्छ ? यो मन्दिरको भ्रमण गर्नुहोस्

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
vellore-golden-temple.jpeg

काठमाडौं । विभिन्न कथाहरु, किताबहरु र टेलिभिजनमा चित्रण गरिने धार्मिक कार्यक्रमहरुको माध्यमबाट मानिसहरुमा स्वर्गको चित्रण गरिने गरिएको छ । यस्तो चित्रण गर्दा धेरैजसो सुनको धेरै चर्चा हुने गर्छ । जसको कारण मानिसहरुको मनमा स्वर्गको नाम लिनेबित्तिकै सुन दिमागमा आउँछ ।

यदि तपाइँको मनमा पनि स्वर्गको नाम लिँदा सुन मनमा आउँछ भने भारतको तालिनाडुमा रहेको एक मन्दिर भ्रमण गर्दा स्वर्गको जस्तो आभाष हुन सक्छ । तामलनाडुमा रहेको महालक्ष्मीको यो मन्दिर वेल्लोर जिल्लामा रहेको छ । मन्दिरको बाहिर विश्वका सबै मुख्य नदीको पानी आउँछ, जसको कारण यसलाई सर्व तीर्थम सरोवर नाम दिइएको छ ।
 
यो मन्दिर बनाउनका लागि १५ हजार किलो सुनको प्रयोग गरिएको छ । जसको खर्च करिब ३ अर्ब भारतीय रुपैयाँबराबरको रहेको छ । मन्दिरको बाहिर तथा भित्र यति धेरै सुनको प्रयोग गरी बनाइएको यो विश्वको एकमात्र मन्दिर हो । यो मन्दिर यसको भव्यताको कारण विश्वभर चिनिने गरिन्छ । राती चन्द्रमाको प्रकाश यो मन्दिरमा ठोक्किँदा यो मन्दिर साँच्चिकै मनोमोहक दृश्य देखिने गर्छ ।
 
यहाँ प्रयोग गरिएको कृत्रिम प्रकाश पनि मन लोभ्याउने किसिमको छ । एकसय एकडमा फैलिएको यो मन्दिरको चारैतर्फ हरियाली रहेको छ । २००७ मा बनेको यो मन्दिरको लोकप्रियता दिनानुदिन बढ्दो क्रममा रहेको छ । विश्वभरका लाखौं श्रद्धालुहरु यो मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ