arrow

चार उत्कृष्ठ करदाता सम्मानित

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर १० सोमबार
kanchanpur_district_map.png

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश महाकाली अञ्चलका उत्कृष्ठ करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले सातौँ राष्ट्रिय कर दिवस–२०७५ का अवसरमा उत्कृष्ठ करदातालाई सम्मान गरेको हो ।

 चार जिल्लाका चार उत्कृष्ठ करबुझाउने करदातालाई सम्मान गरेको छ । केदार जनरल स्टोर कञ्चनुरका संचालक लवदेव पाण्डे, कल्पना मार्केटिङ्ग डडेल्धुराका संचलक जयन्ती जोशी(पाण्डेय), ग्वालेक निर्माण सेवा प्रालि बैतडीका संचालक शुरेन्द्र चन्द र ठगुन्ना जनरल स्टोर दार्चुलाका संचालक हरक सिह ठगुन्नालाई सम्मान गरेको हो ।

उनीहरु चारै जनालाई आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा, कञ्चनपुर भन्सारका प्रमुख भन्सार अधिकृत भीम प्रशाद अधिकारी र कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले खादा ओढाएर प्रमाण पत्र प्रदान गरेका थिए ।

उनीहरुले महाकाली अञ्चलका चारै जिल्लाका करदाता मध्ये सबैभन्दा बढि आर्थिक बर्ष २०७३÷०७४ मा आन्तरिक कर बुझाएका थिए । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत टेकराज थापाले करदाताको हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए ।

कर अधिकृत थापाका अनुसार केदार जनरल स्टोर कञ्चनुरका संचालक पाण्डेले १५ लाख, एक हजार ७१५,  कल्पना मार्केटिङ्ग डडेल्धुराका संचालक जयन्ती जोशी (पाण्डेय)ले चार लाख, ९८ हजार ३४७, ग्वालेक निर्माण सेवा प्रालि बैतडीका संचालक चन्दले २२ लाख, ६० हजार, ८३५ र ठगुन्ना जनरल स्टोर दार्चुलाका संचालक हरक सिह ठगुन्नाले १० लाख, ६८ हजार, ५२० रुपैया आयकर बुझाएका थिए । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्ष २०७५÷०७६मा लक्ष्य भन्दा बढि आन्तरिक राजस्व संकलन गरेको छ । कर अधिकृत थापाका अनुुसार चालु आर्थिक बर्षको कार्तिक चार महिनासम्म ६८ करोड, ९७ लाख, ४७ हजार राजस्व संकलन गरेको छ ।

 ५२ करोड, १९ लाख, १७ हजार संकलन गर्नुपर्ने लक्ष्य भएपनि आन्तरिक राजस्व कार्यालयले चार महिनाकै अवधिमा १३२.१६ प्रतिशत बढि राजस्व संकलन गरेको हो ।

गत आर्थिक बर्ष २०७४-०७५ मा पनि लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । एक अर्ब, १९ करोड, ३१ लाख, ५ हजार रुपैया मध्ये एक अर्ब, ४८ करोड, २० लाख ९ हजार रुपैया सकलन गरेको छ । लक्ष्य भन्दा १२४.०६ प्रतिशत बढि रकम संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आयकर, हउस रेन्ट, ब्याज, मुल्यअभिबृद्धिकर, स्वास्थ्य शिक्षा लगायतबाट कर संकलन गरिएको छ । कर संकलनका लागि कार्यालयले करअभिबृद्धि कार्यक्रम संचालन गरेपछि व्यवसायी करतिर्न उत्प्रेरित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ