arrow

सैफ - करिनाका छोराको सुसारेलाई मोदीको जति तलब

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
saif-ali-khan.JPG

काठमाडौं । कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमुरलाई हेर्दा हुन्छ । पछिल्लो समय उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ । यस्तोमा खासै धेरै चर्चामा नआएको विषय हो – तैमुरको स्याहार गर्ने महिलाको सुविधाहरु ।

तैमूरको हेरचाहका लागि राखिएको स्याहार गर्ने महिलाको नाम सावित्री हो । उनको सुविधाहरुको अगाडि संसारका सबै कामहरु फिका हुन जान्छन् । डेढ वर्षका तैमूरको हेरचाहका लागि राखिएकी उनी धेरैजसो तैमुरको साथमा देखिन्छन् । सेतो ड्रेस र चस्मा लगाएर उनलाई तैमुरको हरेक सानाठुला चिजहरुको ध्यान दिनुपर्ने जिम्मेवारी रहेको छ ।

उनले तैमुरलाई आमाको कमी हुन दिएकी छैनन् । करिना कपुर विभिन्न फिल्मको काममा व्यस्त हुने गरेकोले उनको जिम्मेवारी उनले पूरा गर्ने गरेकी छिन् ।

स्याहार गर्ने महिलालाई नैनी भनेर बोलाइने गरिन्छ । नैनीले आईएएस र आईपीएसभन्दा पनि बढी तलब लिने गर्छिन् । उनको तलब सुन्दा एमबीए र आईटी प्रोफेसनल्सको पनि होस उड्ने गर्छ । सावित्रीको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।

समाचारमा बताइए अनुसार तैमुरको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारण वश थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ । यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमुरलाई कतै बाहिर घुमाउन सकुन् ।

यदि सैफ अली खान र करिना खान कतै विदेश भ्रमणमा जाँदा नैनी पनि तैमुरसँगै जाने गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ