arrow

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
ADB.jpeg

काठमाडौँ । एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।

बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गरे ।

साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ । साकेस ऊर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत ऊर्जा प्रशारण क्षमता अभिवृद्धि, वितरण प्रणालीको सुधार, केन्द्रीय प्रशारण लाइन नपुगेका क्षेत्रमा मिनी ग्रीडमा आधारित नवीकणीय ऊर्जा प्रणालीको अभिवृद्धि, नेपाल विद्युत् प्राधिकरण र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षमता विकास गरिनेछ । नेपालको पूर्वाधारलगायत आर्थिक¬–सामाजिक क्षेत्रको विकासका निम्ति बैङ्कले विगतदेखि गरिरहेको सहयोगको यो निरन्तरता हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ