arrow

न्याय खोज्दा ‘साईकोटिक डिसअर्डर’ ले थलिए निर्मलाका बुबा 

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार

काठमाडौं । न्याय खोज्दा खोज्दै मानसिक रोगले थलिनु कहाँसम्मको अन्याय होला । तर भएको छ त्यस्तै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारलाई दवाव दिन धर्ना बस्दाबस्दा उनका बाबु मानसिक रोगी बने । 

यज्ञराज १४ दिनसम्म धर्ना बसे । धर्ना बस्नुअघिका सद्दे उनी एकाएक बर्बराउने, चिच्याउने, रातभर नसुत्ने गर्न थाले । गाली गर्न थाले । 

तनावले उनलाई मनोवैज्ञानिक समस्या भयो । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ को लक्षण देखिएको शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख सरोजप्रसाद ओझाले बताएका छन् । 

यज्ञराजको शिक्षण अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । 

तनाव झेल्न नसकेर यो समस्या आएको डा ओझाले बताए । यज्ञराजलाई केही दिन औषधि चलाएर त्यसपछि मात्रै काउन्सिलिङ सुरु गरिने छ । 

यज्ञराजको गतिविधिले सम्हाल्न गाह्रो भएपछि विमानबाटसमेत काठमाडौं ल्याउन सकिएको थिएन । 

सरकारले मानसिक रोगी बनायो ? 
अहिले सामाजिक संजालमा यज्ञराजलाई मानसिक रोगी बनाउने अपराध सरकारले गरेको आरोप लागिरहेका छन् । छोरीको बलात्कारपछि हत्या हुन्छ अनि कुन चाहिं अभिभावक शान्तले बस्न सक्छ । 

कसले यज्ञराजलाई राहत दिलाउने काम गर्यो ? कसैले आश्वासन दिलाउन सकेनन् । 

सरकारले त झन् बढी पीडा दियो । आन्दोलन गर्ने बनायो । धर्नामा बस्ने बनायो । त्यही तनावले उनी आफै थलिए । 

यति ठूलो घटना हूँदा पनि सरकार गम्भीर नभएको आरोप लाग्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ