arrow

लेस्टर सिटीको अग्रता कायमै, संकटग्रस्त चेल्सी जित्यो

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
Leicester-City-v-Norwich.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लेस्टर सिटीले अग्रता बलियो पारेको छ । शविबार राति घरेलु मैदानमा भएको खेलमा नर्विच सिटीलाई १–० ले हराउँदै लेस्टर सिटीले अग्रता बलियो बनाएको हो । लेस्टरलाई विजयी गराउन जोस लिओनार्दो उलाले निर्णायक गोल गरे । यस्तै, संकटग्रस्त चेल्सीले साउथ ह्याम्पटनविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो ।

स्टोक सिटीले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेष्ट ब्रोमविच आल्बियनले क्रिष्टल प्यालेसविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्यो । वेष्टह्याम युनाइटेडले सण्डरल्याण्डलाई १–० ले हराउँदा वाट्फोर्ड र एएफसी बर्नमाउथले गोल रहित बराबरी खेले । योसंगै चेल्सी २७ खेलबाट ५६ अंक जोड्दै शीर्ष स्थानमा कायम छ ।

२६ खेलबाट ५१ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो तथा समान खेलबाट समान ५१ अंक जोडेको आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । म्यान्चेस्टर सिटी ४७ अंकका साथ चौथो स्थानमा छ । चेल्सीका २७ खेलबाट ३६ अंक भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ