arrow

रोनाल्डो चुके : रियाल मड्रिडको हार, एथ्लेटिको १–० ले विजयी

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
football-la-liga.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिड पराजित भएको छ । रियाल घरेलु मैदानमा एथ्लेटिको मड्रिडसंग १–० ले पराजित भएको हो । एथ्लेटिकोलाई विजयी गराउन एन्टोनी ग्रिजम्यानले निर्णायक गोल गरे । हारसंगै जिनेदिन जिदान प्रशिक्षणको रियालको दोस्रो स्थान उक्लने सपना पुरा हुन सकेन ।  आक्रामक रियालका कुनै खेलाडीले गोल गर्न सकेनन् । जिदान र क्रिश्चियानो रोनाल्डो टोलीलाई अग्रता दिनबाट चुकेका छन् ।

ला लिगाका अन्य खेलमा इस्पानियोलले स्पोर्टिङ्ग गिजोनलाई ४–२ गोल अन्तरले हरायो । सेल्टा भिगोले गेटाफेलाई १–० ले हराउँदा रियाल बेटिस र रायो भायकानो तथा रियाल सोसिडाड र मालागाले बराबरी खेले । बेटिस र भायकानोले २–२ को बराबरी तथा सोसिडाड र मालागाले १–१ को बराबरी गरेका हुन् । लिगमा २५ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । ५८ अंकको एथ्लेटिको मड्रिड दोस्रो तथा ५४ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छन् ।

Ronaldo surges forward during a lacklustre first-half with Atletico's Niguez (centre) and Juanfran paying close attention

Ronaldo (centre) gets some impressive height in his bid to reach a first-half corner at the Bernabeu



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ