arrow

जाकिर हुसेनले ठठ्याए काठमाडौंलाई 

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
jakir-hussian.jpg

काठमाडौं । विश्वविख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनले काठमाडौंलाई लठ्याएका छन् । भारतीय दूतावासले मंगलबार आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका हुसेनले उपस्थित सबैलाई संगीतका माध्यमबाट लठ्ठ पारेका हुन् । 

सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा र्याडिसन होटेलसँगको सहकार्यमा भएको कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशाका झण्डै १००० भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रमको आनन्द लिएका थिए । 

कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए । उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको छ । 

उनले आफ्नो चामत्कारिक आधुनिक तथा शास्त्रीय तबला बादनमार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समयसम्म सम्झिरहने छ । भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई कायम राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तरालपछि आयोजना भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ