arrow

जब उडेकै विमानमा निदाए पाइलट

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
Sleeping-Airline-Pilot.jpg

काठमाडौं । अष्ट्रेलियामा एक पाइलट विमान चलाउँदा चलाउँदै निदाएका छन् । विमान चलाउँदै गर्दा पाइलट निदाएपछि विमान गन्तव्यभन्दा ४६ किलोमिटर पर पुगेको थियो ।

भाग्यवश विमान दुर्घटनाबाट भने जोगिएको थियो । साथै यो विमान मालवाहक विमान थियो । यस मामिलामा पाइलटविरुद्ध अनुसन्धानको आदेश दिइएको छ । एयरलाइन वारटेक्स एयरले विमानमा केवल पाइलट मात्र थिए ।

उनले तस्मानियाको डेवनपार्टबाट बास स्ट्रेटको किङ द्वीपसम्म विमान उडाएका थिए । मेलबर्नस्थित एयरलाइनले मंगलबार विज्ञप्ति जारी गर्दै पाइलट विमान उडिरहेको समयमा निदाएको बताएको छ ।  

एयरलाइनका अनुसार वायु नियन्त्रण विभागले विमानमा सवार पाइलटसँग सम्पर्क गर्ने प्रयास गरेपनि त्यो सफल हुन नसकेपछि यो मामिला प्रकाशमा आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ