arrow

जहाँ १२ हजार रुपैयाँमै पाइन्छ निजी टापु

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
kerala-island.jpeg

काठमाडौं ।  चलचित्र 'कहो न प्यार हे' मा ऋतिक रोशन र अमीषा पटेल एक टापुमा छोडिएको देखाइएको छ ।  जहां उनिहरु दुवै जना बाहेक  कोहि पनि हुदैन ।

नीलो समुन्द्र,  चिसो हावा , हरियो जंगल  यसका साथै तपाईलाई आरामदायिक कोठा र सफा खाना पनि पाउनु भए कस्तो लाग्ला । जुन ऋतिक र अमीषाले पाएका थिएनन् र त्यो पनि सस्तो मुल्यमा ।

यस्तो एक ठाँउ भारतको केरलमा रहेको छ । केरलको भेनिस फार्म यस्तो ठाँउ हो जुन १२ हजार भारतीय रुपैयाँमा मात्र तपाई पाउन सक्नुहुनेछ ।

३८ रोपनीमा बनेको सो टापुको एक तर्फ अश्टमुड्डि ताल रहेको छ भने अर्को तर्फ कल्लड नदी रहेको छ । सो स्थान म्यानल्याण्डबाट १० मिनेट डुङ्गा दूरीमा मुनरो द्वीपमा रहेको छ । यहाँको दृश्य निकै सुन्दर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ