arrow

ओशो तपोबनले बदलेको जिन्दगी

logo
गंगाधर भट्टराइ,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
osho-naya-barsha.jpg

जव हामी बच्चा हुन्छौ हामीलाई स‌ंसार जति  सुन्दर केहि लाग्दैन  जब बिस्तारै ठुलो हुदै जान्छौ अनि जीवन गार्हो हुँदै जान्छ र लाग्छ जीवन भनेको संघर्ष नै हो । दु :ख भनेको हाम्रो साथी जस्तै हो । हरेक दिन खुसी हुने त हामीले कल्पना समेत गर्दैनौं । हामीमध्ये अधिकांश त गुरु खोजको बारेमा सोच्दै सोच्दैनौ  ।

आज भन्दा १३ बर्ष अगाडि जब म पढाईको शिलशीलामा काठमाडौं छिरेँ । मेरो मनमा पनि यस्ता प्रकारका धेरै कुराहरु दिमाखमा खेलिरन्थे । काठमाडौं बसाई अली खर्चिलो हुने हुँदा एउटा कम्युनिकेशन संगै पत्रिका पसल चलाउदै दुइ जना भाइ अनि मेरो अध्ययन खर्च  जोहो गर्न थाले  । मेरो कक्षा बिहानको हुन्थ्यो  । भाइहरुको दिउँसोको । खाना पकाउने र बिहान पसल हेर्ने काम भाइहरुको हुन्थ्यो भने दिउँसो मेरो भाग पर्थ्यो । पसलमा हरेक खालका मान्छेहरु आउँथे । मलाई सबै मान्छे नियाल्दा यस्तो लाग्थ्यो जीवन भनेको यसरी नै बित्ने रहेछ  ।

मेरो पसलमा आउने मध्ये एक जोडीले अरु पत्रिका सरर हेडलाईन मात्रै पढ्ने, तर किन्दा ओशोवर्ल्ड, ओशो टाईम्स जस्ता म्यग्जिन मात्रै किन्ने गर्थे । उनीहरुको  घाटीमा माला पनि थियो  । त्यो जोडीको सरलता र  इमानदारिताले गर्दा मैले पनि ओशो टाईम्स र ओशो र ओशोवर्ल्ड पल्टाएर हेर्न थालें । मलाई लाग्थ्यो यो संसार अलि फरक छ । तैपनि त्यहाँ भएका कुरा पढ्दा यस्तो  लाग्थ्यो कि तिनीहरु मात्र लोकप्रियताको लागि मात्र खुशीका कुरा गर्ने हुन् ।

हुन त बेला मौकामा  डा विकासानन्दलाई पढ्ने र सुन्ने गर्दथे । त्यसले गर्दा अध्यात्म प्रति केहि सकारात्मक थिए तर यसरी नै जीवन बदल्दिन सक्छ भन्नेमा फिटिक्कै विश्वास थिएन  । पसल बेचेर  म कुनै अफिसमा काम गर्न थाले । संयोगनै भन्नुपर्छ अफिसमा पनि एकजना ओशोको माला लगाउ थिइन् । उनिसंग परिचय गरे  । बोलिमा स्पष्टता , सोच्ने शैली भिन्न , सरसफाईमा सचेत , अनुहारमा भिन्नै खालको  चमक ,आहार बिहारमा पनि धेरै सचेत । यो कुराले मलाई अझ बढी जिज्ञासु बनायो र सोधे उनले बुझाउने प्रयास गरिन तर मैले बुझिन मात्र मैले बुझेजस्तो गरिदिए  ।

जब उनले मलाई  ओशोका दुई चारवटा किताबहरु  पढ्नको लागि किनेर उपहार दिइन त्यसपछि म मजाले पढ्न थाले  । मेरो आध्यात्मलाई  हेर्ने दृष्टिकोण बद्लिइन थाल्यो । आध्यात्मिक जीवन बुढेसकाल मात्र हो र ध्यान धर्म कर्म ६० वर्ष पछि मात्र गर्ने हो भन्ने मेरो सोचाई बदलियो । सोहि अनुरुप टिचिङ हस्पिटलमा हुन लागेको ब्यस्त जीवनमा तबाब ब्यबस्थापन भन्ने बोधिसत्त्व स्वामी आनन्द अरुणको  कार्यक्रममा भाग लिन पुगे । मैले सोचेको, बुझेको, जानेको, भोगेको धार्मिक ब्यक्ति भन्दा उनमा नितान्त  फरक व्यक्तित्व पाए ।

मेरो धारणाको धार्मिक फ्रेममा उनको सोच विचार, हाउभाउ, उठ बस, बोली व्यवहार पटक्कै मेल खाएन र मलाई विश्वास गर्न गार्हो भयो कि  यस्तो व्यक्ति कसरि आध्यात्मिक हुन्छ भनेर । तैपनि कार्यक्रम सकिएपछि नमस्कार गर्न पुगे । उनको व्यक्तित्वले मलाई ओशोलाई थप जान्ने र  बुझ्ने उत्सुकता जागेर आयो । मैले पुन: किताब पढ्न थाले र  काठमाडौँको  बाफलमा रहेको स्वामी आनन्द अरुणको घर (आशिष् ध्यान केन्द्र ) नेपालको सबैभन्दा पुरानो ध्यान केन्द्रमा जहाँ ३० बर्ष देखी नियमित ध्यान हुदोरहेछ त्यहाँ एक महिना भन्दाबढी नियमित ध्यान गरे  । मनमा एक प्रकारको आनन्दको अनुभूति भयो  । त्यसपछि ओशो तपोबन गएर ध्यान गर्न सुरु गरे र संन्यास पनि लिए  । संन्यास लिनेबित्तिकै गुरु शिष्यको महिमाको बारेमा जानिन्छ भन्ने होइन  यो त निरन्तर साधनाबाट प्राप्त गर्ने कुरा रैछ  ।

आज म  बोधिसत्त्व स्वामी आनन्द अरुणलाई एक गुरु सरहको दर्जा दिन्छु जबकि सुरुका दिनमा अरु संयाशीले उहाँको  खुट्टा ढोग्दा मलाई समेत पाच्य हुदैनथ्यो  । यस्ता  कुराहरु त निरन्तर साधना, आफ्नो गुरु महिमाको बारेमा राम्रोसँग जानेपछि र सच्चा साधकसँगको सत्संगबाटबाट नै थाहा हुदोरैछ  । मलाई पनि बोधिसत्त्वको अर्थ थाहा पाउन केहि समय लाग्यो । आफ्नो गुरूकोबारेमा जान्न अझ आनन्द अरुण जस्ता गुरुभक्तको सत्संगले झन् सहज हुदोरहेछ  ।

 मैले यहाँ आनन्द अरुणको अन्धोभक्त बनेर प्रशंसा गर्न खोजेको होइन  । न त आफुलाई गहिरो साधक नै भनेर दाबी गर्छु  । १२ बर्ष ध्यान साधनाबाट के पाए के गुमाए भन्ने कुराको न त हिसाब किताब नै राखेको छु न त  मोक्षबारे चासो छ न त  पाउने  हतारो नै छ तर आज आनन्द अरुण र ओशो तपोबन को कारण १० बर्ष अघिको जड्याहा जिन्दगी भने मसंग छैन  । आनन्द अरुण गुरूभक्तिबाट प्रभावित भएर भट्टीको जीवनबाट म भक्तिमा तल्लिन हुन पुगेको छु । म आफ्नो जीवन रुपान्तरण भएको राम्रोसँग देख्न सक्छु  । यस्ता  कुराहरु किताबी ज्ञानबाट जति पढे पनि पाइदैन न त बुझ्न नै सकिन्छ  ।

१२ वर्ष अगाडीको म एक कट्टर हिन्दु धर्मालम्बी मलाई त्यति बेला हिन्दु नै सर्वस्व लाग्थ्यो तर म आज बुद्धको धम्मपदको बारेमा पढ्छु , शिबपुरी बाबाको स्वधर्मलाइ सम्मान गर्छु  । मोहम्मद (अल्लाह ) को हुन र  जिससको प्रेम के हो बुझ्ने अवसर पाएको छु  । शिबपुरीबाबाको समाधिमा गएर घण्टौ बिताउन मन लाग्छ  ।  स्वामी आनन्द अरुण र तपोबनको कारण  पशुपति मन्दिरमा हुने सन्ध्या आरतीमा झुम्न सक्ने, ऋषिकेश, हरिद्वार, जगन्नाथ पुरी, देबघाट, मुक्तिनाथ, गोसाइँकुण्डजस्ता तिर्थहरुको गरिमाको जानेको छु  ।

आनन्द अरुणसंगको सत्संगले मिरा अनि कृष्णको प्रेम महिमा, नानक, कबिर, गुर्जियफ जस्तासन्तहरुको गाथा सुनेको छु  । सायद मेरो घरमा बेद, बाइबल, कुरानजस्ता  पबित्र ग्रन्थ एकै साथ कहिल्यै भित्र्याउने थिईन होला । तपोबन नहुदो हो त मुस्लिम साथीले मस्जिदमा गरेको नमाज, क्रिशियन साथीले चर्चमा गरेको प्राथना, एक भिक्षुले पढ्ने बुद्धको  मन्त्र  र गुरुद्वारामा माथा टेकेर शरण परेका ती शिख साथीमाथि हास्थे होला  ।

तपोबन यस्तो पाठशाला हो जहाँ मैले मात्र होइन संसार भरिका हरेक बर्ग र समुदायका मानिसहरु प्रेम, ध्यान, करुणा र मैत्रीभावको विद्या सिक्छ्न  । यसै कारणले म जस्ता हजारौ साधकको लागि तपोबन एउटा तिर्थको पनि तिर्थ हो जुन आनन्द अरुणको गुरूभक्ति र कठोर  साधनलेले सिर्जित भएको बुद्ध फिल्ड हो  । जहाँ अहिले नेपाल मात्र नभई विश्वका हजारौ संन्याशीले साधना गर्छौ  ।अझ यसको महत्व त हामीजस्ता साधकले नजिकबाट नियाल्न पाएका छौ  । तैपनि यस्ता शुद्द तिर्थमाथि विभिन्न समयमा अध्यात्मका बिरोधिबाट गुरूमहिमाको आवरणमा विनास गर्न खोजिनु कुनै ठुलो कुरा होइन  । जसरी बुद्धका शिष्य देवदत्ताले वुद्धलाई मार्ने प्रयास मात्र होइन कैयौ गुम्बा बन्द गराए  ।

ओशोको केहि शिष्यले ओशो इन्टरनेसनल फाउण्डेशन मार्फत सयौ कम्युन तथा सेन्टर बन्द गराए  । त्यति मात्र नभई भगवान् ओशोले निर्माण गरेको पुराना कम्युनमा अहिले ओशोको माला निषेधित छ, ओशोको समाधि लुकाइएको छ र त्यहाँवाट  ओशोको फोटो समेत हटाइएको छ  । ओशोको  कुनै गुरू नभई सामान्य व्यक्ति हुन् भनि प्रचार प्रसार गरिएको छ  । अहिले आएर हामी ओशो संन्याशी ओशोको देहान्त सामान्य नभई नियोजित थियो भन्नेमा प्रस्ट छौ  ।

यसबाट के स्पस्ट हुन्छ भने  हरेक महान बुद्ध पुरूषका बुद्धको झैँ  बोधीधर्मजस्ता निष्ठावान शिष्य पनि हुन्छन र देबदत्तजस्ता दुष्ट शिष्य पनि हुन्छन । कसलाई अनुसरण गर्ने भन्ने कुरा एउटा साधकले गुरूप्रति गर्ने स्रद्दामा भर पर्ने हो  । हरेक साधकसंग यस्ता छनोट गर्ने अवसर पनि आउछन  । एउटा बुद्ध फिल्ड र सच्चा बोधिसत्त्त्वको मर्म र महिमा बुझ्न एक सच्चा साधकले कन्जुस्याई गर्नु हुदैन  । अहिले तपोबन र स्वामी आनन्द अरुण साधकको लागि मात्र नभएर देशको लागि नै गौरबको बिषय हो  । यसको महत्त्वलाई समयमा नै पहिचान गरि यसलाई बिदेशी पैसाको प्रभावमा बिगार्न खोज्नेप्रति हामी सबै सचेत बन्न जरुरी छ  ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ