arrow

पैसा कम भएको भन्दै यी कलाकारले छाडे चलचित्र, जुन रिलिज भएसँगै हिट भए

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
bollywood-star-all.jpg

काठमाडौं । कुनै पनि फिल्मको कहानी पूरा भएसँगै फिल्मको क्रिप्ट तयार हुन्छ । स्क्रिप्ट तयार भएसँगै फिल्मको लागि सुहाउँदो नायक वा नायिका खोज्ने काम सुरु हुन्छ । निर्माताको कथा, पैसा, स्थान तथा अन्य केही कुराहरुमा कुरा नमिलेमा कलाकारले उक्त फिल्म छाड्ने गर्छन् । यसैगरी केही भारतीय कलाकारहरुले छाडेको तर रिलिज भएपछि हिट भएका केही फिल्महरु यस्ता छन् –

१. पद्मावतमा शाहरुख
पद्मावतमा मुख्य भूमिकाको लागि शाहरुख खानको लागि प्रस्ताव गरिएको थियो । यो फिल्मको लागि शाहरुखले ९ करोड भारतीय रुपैयाँको माग गरेका थिए । त्यसपछि निमाताले शाहिदलाई सम्पर्क गरेका थिए । यो फिल्म रिलिज भएसँगै हिट भएको थियो ।

२.  कल हो न हो मा करिना कपुर
करिना कपुरले कल हो न हो मा प्रिति जिन्टाको भूमिकाका लागि आएको प्रस्ताव अस्वीकार गरेकी थिइन् । यो फिल्म निकै हिट भएको थियो । यो फिल्मका लागि उनले शाहरुखको बराबरको रकम माग गरेकी थिइन् ।

३. बाहुबलीमा श्रीदेवी
निकै चलेको भारतीय फिल्म बाहुबलीमा शिवगामीको रोलका लागि सबैभन्दा पहिले श्रीदेवीलाई प्रस्ताव गरिएको थियो । रकमको विषयमा कुरा नमिलेपछि यो भूमिका राम्या कृष्णनलाई मिलेको थियो । यदि श्रीदेवीलाई यो भूमिका मिल्थ्यो भने उनको लागि निधनभन्दा पहिलाको सबैभन्दा महत्वपूर्ण उपहार हुने थियो ।

४. जोली एलएलबी–२ मा नवाजुद्दीन सिद्दीकी
नवाजुद्दीनले यो फिल्ममा काम गर्न ३ करोड ५० लाख भारतीय रुपैयाँ माग गरेका थिए । अन्तिममा यो भूमिका अक्षयकुमारले निर्वाह गरेका थिए र फिल्म हिट भएको थियो ।

५. किकमा सोनाक्षी सिन्हा
भारतीय बक्स अफिसमा हिट भएको फिल्म किकका लागि सलमान खानसँग खेल्ने अभिनेत्रीको रुपमा सोनाक्षी सिन्हालाई प्रस्ताव गरिएको थियो । यो फिल्मको लागि रकममा कुरा नमिलेपछि यो भूमिका ज्याकलिन फर्नान्डेजलाई दिइएको थियो । यो फिल्मका लागि दीपिका पादुकोणलाई पनि प्रस्ताव गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ