लामो समय नृत्य गरेकी बन्दनाको गिनिज बुकमा नाम लेखिने पक्का
प्रकाशित २०७५ मंसिर १२ बुधबार
560
Shares
काठमाडौं । नेपालकी १७ वर्षीया किशोरी बन्दना नेपालको गिनिज बुक अफ वर्ल्डमा नाम लेखिने पक्का भएको छ । यसअघि सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतकी कलामण्डलम हेमलथाको नाममा थियो ।
उनले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गिनिज बुकमा लेखाएकी थिइन् । बन्दनाले लगातार १२३ घण्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर हेमलथाको रेकर्ड तोडेकी छन् ।
गत शुक्रबार बिहान ७ बजेदेखि निरन्तर नाचिरहेकी बन्दनाले बुधबार १२ बजेर १६ मिनेटमा यसअघिको रेकर्ड तोडेकि हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ ।
गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएपनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्नेछिन् । उनको योसँगै १३० घण्टाको शास्त्रीय नृत्य हुनेछ ।
बन्दना महालक्ष्मी नगरपालिका–९ धनकुटाकी हुन् भने काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षामा अध्ययनरत छिन् ।