arrow

ब्रेन ट्यूमर र क्यान्सरको लागि उपयुक्त औषधी महले पाएन बजार

logo
नरेन्द्रसिह कार्की,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
honey-farm.jpg

दार्चुला । व्रेन ट्युमर र क्यान्सर रोगको उपचारका लागि निक्कै उपयोगी महले दार्चुलामा बजार पाएको छैन । महमा हुने एन्टी अक्सिड र एन्टी सेप्टिक क्यान्सरको उपचारका लागि उपयोगी हुने गरेको छ । तर  पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।

उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए । “सडक सञ्जाल पुगेको छैन्, गाउँबाट आफै मह बोकेर डुल्नुपर्ने अवस्था आएको छ ।” गाउँ-गाउँमा मह खोज्छन् तर घरमै आएर किन्नको लागि बाटो छैन् । अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । कृषक कार्कीले भने, “घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको छ ।”

घरमा ठाउँ नभएकाले खेतभरी ७५ माहुरी घार छन् । बिहानदेखि बेलुकीसम्म दैनिकी मौरीको स्याहार गर्नमै बित्छ । हालसम्म दुई क्वीन्टल मह बिक्री भयो कार्कीले भने, “अझै मह बिक्री गर्न बाँकी छ, बजार नहुँदा समयमै मह बिक्री गर्न सकिँदैन ।

गाउँमै मह अहिले  ८०० देखि ८५० प्रतिकिलो बिक्री हुने गर्छ । मौरीबाटै वार्षिक रु १० लाखसम्म आम्दानी हुने गरेको कार्कीले बताउनुभयो । बजारको समस्याले मौरीपालन व्यवसायमा समस्या भइरहेको अर्का व्यवसायी मालिकार्जुन– १ का गौरसिंह बोहराले बताए ।

विगतमा गैरसरकारी सङ्घ संस्थाले मौरीको घार र मौरी खरीद गर्थे । अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ । घरमै वार्षिक ५०-६० घार मात्रै बिक्री हुन्छ । अरुण आधुनिक माहुरी घार उद्योग दर्ता गरेर उहनले अहिले ८२ घार मौरीपालन गरेका छन् । त्यसबाट आम्दानी भए पनि बजार नहुँदा समस्या भइरहेको उनले दुखेसो गरे। “ सबैले मौरीपालन थालेका छन्, सीमा क्षेत्रकाले अहिले भारतीय बजारमा गएर मह बिक्री गर्नुपर्ने बाध्यता आएको छ”, बोहराको भनाइ छ ।

मार्मा गाउँपालिका–६ का मौरी व्यवसायी नारद महरा मह बिक्रीको लागि मार्मा बजार मात्रै भएको बताउछन्। “सानो बजार छ, बाह्य क्षेत्रमा ढुवानी गर्न सके महको मूल्य पाइने थियो”, उनले भने ।

मार्माकै हरकसिंह सितोली मौरीपालन व्यवसाय शुरु गर्ने तयारी रहेको सुनाए । “मसँग अहिले १० घार माहुरी छन्, एक महीनाभित्र १५ घार थप गर्ने तयारीमा छु ”, उनको भनाइ थियो । स्थानीय सरकारले सहयोग गरे व्यवसायको रुपमा दर्ता गरेर जाने उनको भनाइ थियो ।

घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार अहिले जिल्लाभरी १२ मौरी उद्योग दर्ता भएका छन् । यो बाहेक अधिकांश कृषकले मौरी व्यवसायको रुपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमै यसतर्फ लागेका वरिष्ठ उद्योग अधिकृत पदम ठकुराठीले बताए । उनले भपे, “स्थानीय सरकारले तालीम प्रवद्र्धनको साथै बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्नेछ ।”

हजारौं टन जिल्लामै मह उत्पादन हुन्छ, उद्योग अधिकृत ठकुराठीले भने, “सानातिना व्यवसाय दर्ता भएका छैनन । उनीहरुको लागि मह बिक्री गर्ने बजार भए अझै यो व्यवसाय जिल्लामा फस्टाउँछ ।” मौरीको लागि चाहिने फूल तथा मौसम दार्चुलामा राम्रो रहेको उनको भनाइ छ ।

नेपालमा पाँच हजारभन्दा बढी मौरी पालक किसानहरू रहेका र उनीहरूले वार्षिक एक हजार सात सय मेट्रिक टन मह उत्पादन गरिरहेका छन्। नेपालमा उत्पादित मह जङ्गली मौरी सेरेना र विकसित मौरी मेलिफिरा जातका रहेका छन्। नेपालमा एक लाख २५ हजार गोला सेरेना र ३५ हजार गोला मेलिफिरा जातका मौरी रहेका छन् ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ