arrow

मलेसियामा आफ्नै साथीको आक्रमणबाट कूलप्रसाद गम्भीर घाईते (भिडियो)

logo
सुदिप बर्देवा,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
malaysia.jpg

काठमाडौं।  वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीले अर्को नेपालीलाई मरणासन्न हुनेगरी आक्रमण गरेका छन् । व्यक्तिगत दुस्मनीका कारण तेह्रथुमका एक युवालाई आफ्नै साथीले आक्रमण गरी अचेत बनाएका हुन् । गत असोज ३ गते (नोबेम्बर १९) को साँझ विगत ५ वर्ष अगाडिदेखि मलेसियाको सेरेबान भन्ने ठाउँको कवालन केसेलामतन सेन्ट्रल सेक्युरिटी कम्पनीमा काम गर्दै आएका आएका तेह्रथुम जिल्ला, आठराई गाउँपालिका  वडा नं ५  निवासी कूलप्रसाद बर्देवा नाईट डिउटीमा निस्कन तयार हुँदै थिए ।

एकासी केहि मानिसको हुलले उनलाई घेर्‍यो र अन्धाधुन्द उनी माथि आक्रमण गर्न थाल्यो । हतियारसहित आएको त्यो टोलीलार्इ उनले प्रतिकार गर्न सकेनन् । उनको शरीर थिलथिलो नभएसम्म सो समुहले उनी माथि आक्रमण गरिरहेको मलेसियामा बस्ने नेपालीहरुले जनाएका छन् ।  आक्रमणमा तेह्रथुम चुहान डाँडा वडा नं ५  का चन्द्र पञ्चकोटी संलग्न रहेको त्यहा कार्यरत नेपालीले बताएका छन् । बर्देवाको होस् नखुलेकोले उनी विरुद्ध किन आक्रमण भयो भन्ने बारे भने केही खुल्न सकेको छैन ।

अबैधानिक रुपमा मलेसियामा काम गरिरहेका उनलाई प्रहरीले क्लिनिकमा पुर्‍यएको भएपनि उनी अबैधानिक रुपमा बसिरहेकोले उनलाई कुनैपनि क्लिनिकले उपचार गर्न नमानेको मलेसियामा बस्ने नेपालीहरुले जनाएका छन् । उनलाई अहिले एक क्लिनिकको बाहिर खुल्ला ठाउँमा राखेर प्रारम्भिक उपचार भएपछि थप उपचारको लागि स्थानीय एक अस्पतालमा पठाईएको थियो ।

उनीमाथिको त्यो घटना सामाजिक सञ्जालमा आएपछि घटनाको छैटौं दिन उनको बारेमा पहिचान भएको थियो । त्यसपछि उनीहरुले पाँचथरका देबेन्द्र प्रसाईलाई खबर गरी अस्पताल बोलाएका थिए । सो समयसम्म कूल प्रसाद बर्देवा अर्धचेत अवस्थामा एक्लै बेडमा लडिरहेका थिए । उनलाई अर्धचेत अवस्थामा नै अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।

त्यो बेलासम्म उनको उपचार खर्च १ लाख ३० हजार रुपैयाँ भइसकेको थियो । प्रसार्इले मलेसियामा नै काम गरिरहेका नेपालीहरुलाई तुरुन्तै खबर गरेर केहि पैसा संकलन गराइ उनलाई अस्पतालबाट निकालेका छन् ।

अझै अचेत अवस्थामा रहेका उनलाई उद्दार गर्नका लागि मलेसियामा रहेका नेपालीहरुले सहयोग संकलन गरिरहेका छन र सबैमा सहयोगको लागि अपिल गरिरहेको मलेसिया बस्ने नेपालीहरुले जनाएका छन् ।

उनि अहिले पनि प्रसाइकै घरमा रहेका छन् भने उनको स्वास्थ अवस्था नाजुक रहेको छ । मेलेसियामा उनको उपचार गराउनुभन्दा नेपालमा उपचार गराउन सहज हुने कारणले नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ