arrow

रिलमा जोडी र दाजु-बहिनी बनेका कलाकार

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार

काठमाडौं । हुन त चलचित्रमा देखाइएको सम्बन्धको बास्तविक जीवनमा कुनै अर्थ राख्दैन । चलचित्रको चरित्र फिल्मको स्क्रिप्टमा निर्भर हुन्छ ।  चलचित्रको कथा अनुसार कुनै फिल्मको हीरो अर्को चलचित्रमा खतरनाक भिलेन पनि हुन सक्छ । केहि पटक चलचित्रमा प्रेमी-प्रेमीका बनेका कलाकार अर्को स्क्रिप्टमा दाजु-बहिनी पनि बनेका छन् । तपाईलाई जस्तो लागे पनि प्रोफेशमिल्जममा यी सबै चल्छ । एक फिल्ममा दाजु-बहिनी  र अर्को चलचित्रमा प्रेमी-प्रेमीका बनेका जोडिहरु ।
 
१. रणवीर सिंह र प्रियंका चोपडा
प्राय रणवीरको जोडी सबैसँग जम्छ तर प्रियंकासँगको निकै रुचाइन्छ । गुण्डेमा दुवै एक अर्काको जोडि बनेका थिए । त्यसपछि चलचित्र दिल धड्कने दो मा दुवै दाजु-बहिनीको भुमिकामा देखिए । चलचित्र बाजीराव मस्तानीमा रणवीर र प्रियंकाबीचको रोचक सम्बन्ध हेर्न पाइन्छ ।


 
२. शाहरुख र एश्वर्य
शाहरुख र एश्वर्य चलचित्र जोशमा दाजु-बहिनी बनेका थिए । त्यसपछि दुवैले प्रमीको भुमिकामा कयौ चलचित्रमा काम गरे । चलचित्र मोहब्बते, देवदास र ऐ दिल हे मुश्किलमा दुवैको जोडिलाई पर्दामा खुव रुचाइए ।


 
३. दीपिका र जोन अब्राहम
दीपिका र जोन अब्राहम चलचित्र रेस-२ मा दाजु-बहिनी बनेका छन् । दुवै  देसी ब्वाइजमा रिलेशनशिपमा देखिएका थिए ।


 
४. अर्जुन रामपाल र दीपिका पादुकोण
दीपिका पादुकोणको डेब्यू चलचित्र ओम शान्ति ओममा दीपिका र रामपाल प्रेमी बनेका थिए । जबकि चलचित्र हाउसमा अर्जुन रमपाल दीपिकाको दाजु बनेका छन्।


 
५. अक्षय र जूही चावला
चलचित्र मिस्टर एण्ड मिसेज खेलाडिमा अक्षय र जूही चावलाको जोडि निकै मन पराइयो साथै चलचित्र एक रिश्तामा दुबै दाजु-बहिनी बनेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ