arrow

नयाँ र गतिशिल नेतृत्व आवश्यक छ: युवानेता पौडेल

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
Kiran-dai.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि किरण पौडेलले नयाँ संविधान जारी भएसँगै देशका सामु अवशरहरुका साथै नयाँ नयाँ चुनौतीहरु पनि थपिएकोले गतिशील र निर्णय क्षमता भएको नेतृत्व चयन हुनुपर्ने धारणा राखेका छन् । 
 
उनले भने– राष्ट्रियता, लोकतन्त्र, समाजवाद र शान्तिका साथै देशका सामु थपिदै गएका तथा अझ थपिने क्रममा रहेका चुनौतीहरुको सामना गर्नसक्ने र नेपाली काँग्रेसको सिद्धान्तलाई पनि आगामी दिनमा समय सापेक्षा परिमार्जित गर्दै लानसक्ने नेतृत्वको खाचो रहेको छ।
 
काँग्रेस दशेको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक दल भएको र निरंकुश राणशासनका साथै पञ्चायती व्यवस्था एवम् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका विरुद्धका सबै आन्दोलनहरुको पनि अगुवाई गरेकोले यसको राष्ट्रका सामु देखा परेको आगामी चुनौती पनि कांग्रेसकै नेतृत्वमा समाधान हुने बताउए।म
 
आफूले पनि केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिने घोषणागर्दै देशका समग्र समस्याको समाधान एवम् आफ्नै नेतृत्वमा जारी मात्र भएको संविधानको सशक्त कार्यान्वयन गरी देशलाई सबैको सहभागिता र चाहनाबमोजिम मात्र संघीयताको मोडलमा लैजानका लागि पनि देशले नेपाली काङ्ग्रेको तेह्रौँ महाधिवेशन कुरिरहेको बताए। 
 
नेपाली कांग्रेसको नेतृत्वमा देशमा संविधान सभाबाटै लेखिएको संविधान जारी भएको छ र संविधान पछि नाना, खाना र छाना सबै प्राप्त हुन्छ भनिएकोमा संविधान जारी भएपछि झन्ठूला समस्याहरुको जन्म भएकोले अबको नेतृत्वले ती सबै समस्याको समाधान गरी पार्टीलाई मात्र नभई देशलाई नै नेतृत्व प्रदान गर्न सक्नुपर्ने उनको धारणा छ। 
 
नेपाली कांग्रेसको इतिहासमा नै आगामी १३ औैँ महाधिवेशनमा सबैभन्दा धेरै युवाहरुको प्रतिनिधित्व भएको र उनीहरु नयाँ आशा र अपेक्षाबाट मुल पार्टीमा सक्रिय रुपमा समाहित हुन पुगेकोले उनीहरुको चाहना र सोँच बमोजिम पार्टीले नयाँपन दिन सक्नुपर्नेमा पार्टी नेतृत्व अत्यन्तै सजग र सतर्क हुनुपर्ने उनले बताए।
 
युवा बर्गको प्रतिनिधित्व पनि पार्टीप्रतिको आकर्षण हो र पार्टीमा उनीहरुको सक्रिय सहभागिताले नेपाली कांग्रेसजस्तो देशका समग्र प्रजातान्त्रिक आन्दोलनहरुकै अगुवाई गरी आएको पार्टीमा नयाँ बिचार र एजेण्डाको स्थापना हुने अपेक्षा गरिएको उनले बताए। 
 
गएका कैयौँ वर्षदेखि नेपाली कांग्रेसका भातृ एवम् सुभेच्छुक संगठनहरुको अधिवेशनहरुको आयोजना गरी युवा तथा विद्यार्थीको नेतृत्व विकासजस्ता कार्यमा मुलुकको ठूलो प्रजातान्त्रिक पार्टी अग्रसर हुन नसक्नुले देशमा सयौँ युवाहरु नेतृत्व क्षमता र शीपको विकास गर्नबाट पछि परेकाले पार्टीमा बिचार शुन्यताको अवस्था देखा परेको उनको भनाई छ। त्यसैले अबको नेतृत्वले पार्टीमा नयाँ बिचारको सञ्चार गर्न सक्नुपर्नेमा उनले जोड दिए।  
 
त्रिचन्द्र क्याम्पसमा बिज्ञान विषय अध्ययन गरेका नेपाली कांग्रेसका युवा नेता पौडेलले आफूले पार्टीको केन्द्रीय समितिमा नेतृत्व गर्न पाएमा नेपाली कांग्रेसलाई नयाँ एवम् समयानुकुल बिचार र शैलीमा बदल्नेतर्फ पार्टी नेतृत्वलाई अग्रसर गराउने बताए।
 
अब नेपाली काँग्रेसको अहिलेकै परम्परागत सोँच, शैली र बिचारमा चल्न सक्दैन भन्दै यदाकदा बुढाहरुको पार्टी भनिने गरिएको यस पार्टीमा उदायका हजारौँ, लाखौँ युवाको सक्रियताले यो देशको पुनर्निर्माण यसै पार्टीले गर्छ र बेरोजगार बनी विदेशिएका लाखौँ युवालाई स्वदेश फर्काएर देश विकासको लहर यसै पार्टीको नेतृत्वमा हुनसक्छ भन्ने आशा पछिल्लो समयमा थप बलियो बन्दै गएको धारणा उनले राखे।        
 
पुरानो राजनीतिक पद्धतिबाट नयाँ राज्य व्यवस्था निर्माण गर्न सकिँदैन। त्यसका निम्ति दूरदर्शी र कुशल नेतृत्व, निष्ठाको राजनीति, राष्ट्रप्रतिको वफादारिता, प्रविधिमैत्री कार्यशैली, विधिको शासनप्रतिको प्रतिबद्धता, उत्तरदायी र जिम्मेवार, सदाचार तथा नैतिकताको जगमा उभिएको नेता र नेतृत्व अहिलेको आवश्यकता हो। यही आवश्यकतालाई मनन् गरी एक परिपक्व युवा नेताका रूपमा केन्द्रीय समितिको सदस्य पदमा मैले आफूलाई योग्य उम्मेद्वार ठानेको छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ