- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय रोबोटको विस्तार व्यापक मात्रामा बढ्दो क्रममा रहेको छ । रोबोटहरुलाई पनि मानिसहरु जस्तै सोच्ने बनाउने प्रयासमा रहेका छन् । यतिमात्र होइन मानिसहरुमा भन्दा पनि मलिकहरुको विश्वास रोबोटमा हुने गरेको देखिन्छ ।
यस्तोमा मानिसहरुको रोजगारी पनि रोबोटले नै खान्छ कि भन्ने चिन्ता मानिसहरुमा बढ्दो क्रममा रहेको देखिन्छ । मानिसहरुमा रहेको यस किसिमको चिन्ताको अवस्थामा एउटा खुसीको समाचार आएको छ । रोबोटको विषयमा देखिएको किताबमा यसबारे केही जानकारीहरु सार्वजनिक गरिएको हो । आईएफटीएम नामक संस्थाको अनुसन्धानमा रोबोटले मानिसको सबै काम गर्न नसक्ने देखिएको हो ।
अनुसन्धानको विवरणमा देखिए अनुसार रोबोट प्लम्बर, इलेक्ट्रिसियन र नर्सको काम भने कहिले पनि गर्न सक्दैन । यो कामका लागि धेरै दिमागभन्दा पनि मनको आवश्यकता पर्ने भएकोले रोबोटले यसमा काम गर्न नसक्ने अनुसन्धानको निष्कर्ष छ ।
यद्यपि यो तर्कलाई बुद्धिजीवीहरुले भने नकार्दै आएका छन् । उनीहरुले भने भविष्यमा यस्तो किसिमको रोबोट अविष्कार हुने हुने र यसले सबै मानिसहरुलाई कामबाट छुट्टी मिल्ने बताएका छन् ।