इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले गर्‍यो विद्यार्थीलाई जाडोको लुगा वितरण

प्रकाशित मिति : २०७५ मङ्सिर १३ बिहिबार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीलाई जाडोको लुगा बितरण गरेको छ ।  प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ ।

बिहिबार जनता माविमै आयोजित एक सार्वजनिक कार्यक्रममार्फत अति बिपन्न परिवारका ती विद्यार्थीहरुलाइ स्विटर वितरण गरिएको हो । हिउँदे जाडोका कारण नियमित विद्यालय आउन नसक्ने थुप्रै विद्यार्थीलाई विद्यालय आउन-जान सहज होस् भनेर सो स्विटर वितरण गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार युवराज बास्कोटाले जानकारी दिए  ।

सोही कार्यक्रममा प्रतिष्ठानले १ लाख रूपैयाँको इन्द्र-कमल अक्षयकोष विद्यालयमा स्थापना गरेको छ  । विद्यालयसँग खाजा कार्यक्रममा सहकार्यका लागि २५ विद्यालयलाई दैनिक खाजा खुवाउने कार्यक्रमको पनि यहीँ कार्यक्रममाझ नै सुरुवात गरिएको छ । २५ जना अति निम्न विद्यार्थीलाई प्रतिष्ठान ले १ वर्षसम्म दिउँसोको खाजा खुवाउने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा  सहभागी पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस्ता किसिमका सिर्जनात्मक कार्यक्रमले समाजमा परस्पर हार्दिकता, सहिष्णुता र सद्भभावले भरिएको नयाँ संस्कृति निर्माण गर्ने र नियमित विद्यालय आउन/जान नसकेका कैयौं बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सहयोग पुग्ने बताइन्।

 उनले अर्को एउटा सन्दर्भमाथि केन्द्रीकृत हुँदै समाजसेवी दर्जनौं व्यक्तित्वहरू जन्माउन सक्ने विद्यालयले आफ्नो शैक्षिक वातावरण पनि बनाउनुपर्नेमा जोड दिइन । यस काममा नगरपालिकाले सहयोग गर्ने बताइन् ।

सोही वडाका वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन कमिटी अध्यक्ष डम्बर बहादुर चेम्जोङ, विद्यालयका प्रधानाध्यापक पदम सापकोटा, पुराना शिक्षक रूपनारायण भट्टराई, भूवनेश्वर पोखरेल र प्रतिष्ठानका प्रमुख सल्लाहकार बास्कोटाले आफ्ना धारणा राखेका थिए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ