arrow

सुदिपका सपनाका कुरा

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
sujan-wife.jpg.jpeg
काठमाडौं। गीतकार सुदिप कुमार रेग्मीले सृजना गरेका शब्द‘नदेखु भन्छु नपुग्ने सपना’गीतको रुपमा सार्वजनिक भएको छ । गायिका रजिना रिमालको आवाजमा सजिएको यो गीतले सुरुवाती क्षणमै चर्चा कमाएको छ। एउटा व्यक्तिले देखेका सपना वास्तविक जीवनमा पुरा हुन कति कठिन छ भन्ने भावको यो गीत आफ्नै भोगाईको अभिव्यक्ति भएको गीतकार रेग्मीले बताएका छन्। ‘हासिल गर्न लागेको उपलब्धी विभिन्न कारणले हात नपर्ने कुरा मायाप्रेमको सन्दर्भमा उधिनेको छु’ गीतकार रेग्मीले भनें–‘त्यसैले दर्शक स्रोताले रुचाउनुहुनेछ भन्ने अपेक्षा छ ।’ 
 
गीतकार रेग्मीका अनुसार हरेक मानिसको आफ्नै सपना हुन्छ, नचाहेर पनि मानिस कुनै सपना साँच्न बाध्य हुन्छ तर ति सपना वास्तविक जीवनमा अर्थात विपनामा पुरा हुन उत्तिकै कठिन हुन्छ। जीवनमा शिखर चढ्न खोजेपनि खुट्टा तलै झरिरहने विम्बलाई उनले गीतमा प्रस्तुत गरेका छन्। भावनात्मक किसिमको यो गीतको संगीत महेश खड्काले भरेका छन्। 
 
युनाइटेड अरब इमिरेट्स दुबईका विभिन्न स्थानमा छायाकंन गरिएको यो गीतमा सुजन रेग्मी र तृष्णा खनालले अभिनय गरेका छन्। नितिन चन्दको निर्देशन रहेको यो गीतलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो। विदेशी भुमीमा छायाकंन गरिएकाले उत्कृष्ट भिडियो बनेको गीतकार रेग्मीको भनाई छ। यो गीतलाई चाँडै पुरुष गायकको स्वरमा पनि रेकर्ड गर्न लागिएको रेग्मीले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ