arrow

यस्तो चमत्कारी बल्ब, जुन ११७ वर्षदेखि लगातार बल्दै आएको छ

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
bulb.JPG

काठमाडौं । कुनै बल्ब कति समय टिक्ला ? यो प्रश्नको यकिन जवाफ हुँदैन । कुनै बल्ब छिटै फ्युज हुन्छ भने कुनै बल्ब अलिक लामो समयसम्म टिक्छ । कुनै बल्ब बजारबाट ल्याएको केही दिनमै फ्युज हुन्छ भने कुनै बल्ब २-४ महिनासम्म टिक्छ । धेरै समयसम्म टिक्ने बल्ब पनि २-३ वर्षमा फ्युज हुने गर्छ ।

यद्यपि संसारमा यस्तो पनि बल्ब छ, जुन ११७ वर्षदेखि निरन्तर बलिरहेको छ । धेरैमानिसहरुलाई यसमा विश्वास नलाग्न सक्छ तर अमेरिकाको क्यालिफोर्नियाको दमकल केन्द्रमा सन् १९०१ मा यो बल्ब बालिएको थियो । त्यसयता यो बल्ब निरन्तर बलिरहेको छ ।
 
सन् १९३७ मा पहिलोपटक उक्त बल्बलाई लाइन परिवर्तनको क्रममा बन्द गरिएको थियो । तार फेरेपछि पुनः बल्ब बालिएको थियो । २००१ मा नाचगानका साथमा बल्बको एक सयवर्ष मनाइएको थियो ।
 
सन् २०१३ मा सो बल्ब बल्न छाडेपछि फ्युज भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । यद्यपि बल्ब अझै पनि फ्युज नभएको तर ७६ वर्ष पुरानो भएको कारण तार भने बिग्रिएको पाइएको थियो । लाइन मर्मत गरेर बल्बलाई पुनः बालिएको थियो ।
 
अहिले उक्त बल्बले गिनिज बुक अफ द रेकर्डस्मा नाम दर्ता गरिसकेको छ । पछिल्लो ३० वर्षयता धेरै मानिसहरु यो बल्बलाई हेर्न जाने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ