arrow

बर्ष कै सर्बोत्कृष्ट गायकको अवार्ड नवीनलाई

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
nabin.jpg

काठमाडौं । नवौं संस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठान को हलमा एक भब्य समारोहका बिच सम्पन्न भएको छ। अवार्ड समारोहमा विभिन्न बिधामा कलाकारहरुलाई अवार्डेड गरिएको थियो। बर्ष भरिमा गीत सङितमा उत्कृष्ट काम गरे बापत संगीत कर्मिहरुलाइ अवार्ड प्रदान गरिने गरिन्छ।

यसै अन्तर्गत बर्ष कै सर्बोत्कृष्ट लोक गायक मा "फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो" बोलको गीतबाट गायक नवीन पौडेललाई अवार्ड प्रदान गरिएको हो । करिब दुई दशक लोकगीत को श्रीबृद्दिमा लागेका अहिलेका निक्कै नै ब्यस्त चर्चित, लोकप्रिय गायक पौडेललाई सर्बोत्कृष्ट गायकको बिधामा सम्मान गरिएको सस्थाकी अध्यक्ष लिना शर्मा रेग्मिले बताइन्। गीत संगीत क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थितिमा बितरण गरिएको अवार्ड समारोहमा बरिस्ठ गायक एबम संगीतकार शक्ति बल्लबलाई एक लाख राशी सहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो।

यथार्थपरक चेतनामूलक एबम समयसापेक्ष गीत श्रीजनामा अनबरत र अबिछिन्न रुपमा लागेका पौडेलको लागि यो दोश्रो अवार्ड हो। यश अघि उनले सगरमाथा म्युजिक अवार्ड मा "बाग्लुङ दरमखोला" बोलको मौलिक बन्चेबाजाको गीतबाट सर्बोत्कृष्ट मौलिक गीत गायक को बिधामा अवार्ड प्राप्त गरेका थिए। देशका लगभग सबै भुभाग र बिश्वका दर्जनौँ शहरमा पुगेर हाम्रो देशको कला सस्कृतिलाइ प्रोत्शाहन गरिरहेका छन गायक पौडेल।

उनका ए हजुर सुन्नुभाछर, यस्तै हुन्छ भन्नेभा, रातो डोरि कपाल लर्केको, के सम्झना छर जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायत का दर्जन बढी गीत हरु दर्सक श्रोताको मानसपटलमा बसिसकेका छन।

मृदुभाशी सरल एबम सामाजिक भाबनाका गायक पौडेल अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपाल का कार्यकारी सदस्य एबम रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्ब केन्द्रिय सदस्य समेत हुन। आगामी दिनमा अझ राम्रा श्रीजना हरु श्रीजना गरेर दर्सक श्रोताको मन जित्न आतुर छन गायक पौडेल। यसैक्रममा आगामी योजना सुनाउदै उनले सुन्दर सुदुरपस्चिम को कला सस्कृती र पर्यटन सम्बन्धी गीत "घर मेरो सुदुर पश्चिम" लिएर छिट्टै आउदैछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ