arrow

एउटा बालिकालाई लिन सधैं यो स्टेसनमा आउँछ रेल

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
japan-lady.JPG

काठमाडौं । पढाइ मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो भन्ने नारा नलाउने मुलुक विश्वमा सायदै भेटिएलान् । यद्यपि त्यसलाई वास्तविक जीवनमा प्रयोगमा ल्याउने मुलुक भने निकै कम छ । यस्तोमा जापान एक उदाहरणको रुपमा देखिएको छ । जापानको होक्काइडो टापुमा केवल एउटा बालिकालाई लिन सिङ्गो रेल जाने गरेको छ ।

केही समयअघि जापानको रेल विभागले शिराताकी गाउँको रेल स्टेसन बन्द गर्ने निर्णय गरेको थियो । यो गाउँबाट आवतजावत गर्ने मानिसहरुको संख्या निकै कम हुने गरेको कारण यो स्टेसन बन्द गर्ने योजना जापानको रहेको थियो । यद्यपि केही समयपछि एक बालिका अध्ययनका लागि दैनिक स्कुल आउने जाने गरेको पाइएको थियो ।

यो गाउँबाट स्कुल जानआउनका लागि अन्य कुनै सवारी नमिल्ने भएकोले जापानको सरकारले सो स्टेसन बन्द नगर्ने निर्णय गरेको थियो । अहिले दैनिक एकपटक बालिकालाई लिन र एकपटक छाड्ने रेल आउने गरेको छ । यो रेलमा चढ्ने दोस्रो व्यक्ति कोही पनि हुँदैनन् ।
जापानको रेल विभागले बालिकाको हाइस्कुलको पढाइ नसकिउञ्जेलसम्मका लागि उक्त रेल बन्द नगर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ