arrow

यी भारतीय कलाकारहरुको आफ्नै घरमा सुटिङ भएका थिए चलचित्र

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
srk-with-crowd.jpg

काठमाडौं । कलाकारहरुको घर कस्तो होला ? भन्ने जिज्ञासा फ्यानहरुको मनमा हुन्छ । केही मानिसहरु उनीहरुको घर एकपटक मात्र भए पनि हेर्न चाहन्छन् । यस्तोमा केही भारतीय कलाकारको घरमा पनि केही चलचित्रहरु सुटिङ भएका छन् । आफ्नो वास्तविक घरमा  सुटिङ भएका भारतीय कलाकारहरु यस्ता छन् –

१. अमिताभ बच्चन
भारतीय अभिनेता अमिताभ बच्चनको वास्तविक घरमा दुई चलचित्रको अंश सुटिङ गरिएको थियो । एण्ड का र बाम्बे टाकिजमा उनको घरको सिन राखिएको  छ ।
 
२. शाहरुख खान
 शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा उनको दोहोरो भूमिका रहेको छ र शाहरुख बनेर दोस्रो व्यक्ति उनको घरमा पस्ने सिन छ ।

३. सलमान खान
फिल्क बजरंगी भाइजानको केही हिस्सा सलमान घरको सुटिङ गरिएको थियो ।
 

४. सञ्जय दत्त
सञ्जय दत्तको कथामा बनेको चलचित्र सञ्जुको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले निभाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ