arrow

एसिया कपमा भारतले पाकिस्तानलाई पिट्यो

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
india-VS-pakistan.jpg.jpeg
एजेन्सी । बंगलादेशमा जारी एसिया कप क्रिकेट अन्तर्गत चौथो खेलमा पाकिस्तानले भारतसंग लज्जास्पद हार व्यहोरेको छ । शेर बंङला खेल मैदानमा टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तान आफ्ना सुरुवाती ब्याट्सम्यानहरु नचलेपछि १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै समेटियो । पाकिस्तानको लागि सर्फराज अहमदले २५ तथा खुराम मन्जुरले १० रन बनाउने बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । पाकिस्तानी ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका हार्दिक पान्डेयले ३ तथा रविन्द्र जडेजाले २  विकेट लिए ।
 
८४ रनको सहज विजयी लक्ष्य लिएर मैदानमा उत्रेको भारतीय टोलीले १५ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पुनौति पूरा गरेको हो । भारतका लागि बिराट कोहलीले सर्वाधिक ४९ रन बनाए । युवराज सिहंले अविजित १४ रन बनाए ।  बलिङ्गमा पाकिस्तानका मोहम्मद अमिरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए । यो जित संगै प्रतियोगितामा भारतको दुई खेलबाट ४ अंक भएको छ, भने एक खेल कम खेलेको पाकिस्तान अंक विहिन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ