arrow

विश्व सुन्दरीका लागि श्रृंखला खतिवडा फाइनल राउण्डमा 

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
srinkhala-khatiwada-miss-nepal-2018.jpg

काठमाडौं । चीनको सान्यामा यही मंसिर २२ गते (डिसेम्बर ८) हुने विश्व सुन्दरी (मिस वल्ड) को ताजका लागि नेपालकी श्रृंखला खतिवडा पनि प्रमुख दावेदार बनेकी छिन् । ‘ब्रेन विथ ब्यूटी’ को खेल भनिने प्रतिस्पर्धामा श्रृंखला ‘कन्फिडेन्ट’ पनि उत्तिकै देखिएकी छिन् । 

खतिवडा ‘हेड टु हेड’ च्यालेञ्जको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् । उनी २० मध्ये १३ औं समूहको विजेता बन्दै मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा पुगेकी हुन् । 

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुसार खतिवडासहित २० प्रतियोगी फाइनल राउण्डमा पुगेकी हुन् । 

श्रृंखला रहेको नेपालको समूहमा अर्जेन्टिना, लक्जेम्बर्ग, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम र मल्दोभाका सुन्दरीहरु थिए । यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड २०१८ को उपाधिका लागि सेमीफाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ ।

३० जनाबीच उपाधिका लागि ‘मिस वर्ल्ड २०१८’ घोषणा हुने दिन भिडन्त हुनेछ र एक जनाले विश्व सुन्दरीको ताज पहिरिने छिन् । 

सेमीफाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।

ती प्रतियोगिताहरुमा ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया पर्दछन् । ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमीफाइनलका लागि छानिन्छन् ।

यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ