arrow

भेरी अस्पतालमा चिकित्सक अभाव, अस्पताल विकास समिति उदासिन

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
bheri-hospital_aAVprgHTIO.jpg

बाँके। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था रहेको छ ।

अस्पतालमा रहेको ५६ चिकित्सकको दरबन्दीमा अहिले २९ जना कार्यरत छन् । अस्पतालमा नर्स अनिवार्य भए पनि उनीहरूको सङ्ख्यामासमेत सरकारले नै ध्यान दिनसकेको छैन । 

सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । 

अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले बेड थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अस्पतालका मेडिकल सुपेरिटेण्डन्ट रूपानन्द अधिकारी बताउँछन् ।

उनका अनुसार अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा अहिले करीब ३६ जना नियमित सेवामै छन् । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् । 

उहाँले दरबन्दीअनुसारका चिकित्सक माग गरे पनि प्रदेश र केन्द्रीय दुवै सरकार र अस्पताल विकास समिति उदासिन रहेको बताए । “दरबन्दी छ, तर कतिपय सर्जन चिकित्सकका लागि अस्पतालमा ठाउँ, प्रविधि (वार्ड र ओपीडी) कै अभाव रहेको अधिकारी बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ