arrow

नगरबधुको यो कहानी जसले विल गेट्सलाई रुहायो 

logo
अश्रु किरण,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
Bill_gets_sundari.jpg

काठमाडौंं। घरमा गरिबीका कारण सुभद्रा (काल्पनिक नाम)को पेट पाल्नको लागि द्यौ द्यौ थियो । परिवार पनि त्यस्तै गरिबीमा थिए । गरिबीले उनको सुन्दरतालाई भने छेक्न सकेको थिएन । भनिन्छ नि भगवानले पेट पाल्नको लागि जो कोहीलाई पनि केही न केही शक्ति दिएकै हुन्छन् भनेर । उनलाई भगवानले सम्पत्ति दिएनन् । रुप मात्रै दिए । 

यस्तैमा उनको गरिबीको फाईदा उठाउन खोज्नेहरुको विगविगी थियो । अन्तिममा एउटाले त शहरमा कामको लोभमा सुभद्रालाई फसाई छाड्यो । गाउँबाट शहरको यात्रामा निस्कँदा उनको आँखाभरी रंगिन सपनाको एनिमेसन चलिरहेको थियो । उनले राम्रो र प्रतिष्ठित काम गरेर धेरै पैसा कमाउने र शहरमा नै आफ्नो परिवारको समेत बस्ती बसाल्ने सपनाले अनायासै उनको अनुहारमा चमक पनि छाएको थियो । तर, त्यो चमक ४८ घण्टा पनि टिक्न सकेन । उनलाई कामको लोभमा शहरमा ल्याउने अरु कोही नभएर आफ्नै एक नजिकका छिमेकी दाइ थिए । रगतको साईनो केही नभएको भएपनि भौगोलिक समिपताले उनीहरुको चिनजान धेरै पहिलेदेखिकै थियो । उनी त्यही बैशाखी टेकेर कामको खोजीमा दिल्लीको गल्ली टेकेकी थिईन् । तर, त्यही मान्छेको कारण उनको अघिल्लो दिनसम्म देखेको रंगिन सपनाहरु एकै दिनमा श्यामश्वेत बनाईदियो ।  

उमेरले १६ वर्ष मात्रै पुगेकी सुभद्राका लागि शहर नौलो थियो । जान पहिचानको त्यहाँ त्यही छिमेकी बाहेक अरु कोही पनि थिएन । भर्खर कलकलाउँदो बैंशालु उमेरमा टेकेकी उनको पुष्ट शरीरले सबै बैसालुहरुलाई आफुतिर आकर्षण गर्ने हैसियत राख्थ्यो । चुम्बक जसरी । शहरकी एक्ली सुभन्द्रलाई एक्लो शहरमा देख्दा ती गाउँले छिमेकीको मन पनि नियन्त्रणमा रहन सकेन । शहर टेकेकै दिन ती छिमेकीको प्रस्तावलाई सुभद्राले नकार्न नसकी यौन अनुभवको पहिलो खुड्किलो चढिन् । 

यो दिन सुभद्राको लागि सुरुवात भयो नयाँ जिन्दगीको । यो जिन्दगीको सुरुवातसँगै उनले कहिलै पनि आफ्ना परिवारको लागि रंगिन सपना बुन्न पाईनन्् । उनको त्यो पहिलो अनुभवसँगै उनका रंगिन सपनाहरु पनि विस्तारै धब्बा हुँदै गए । गरिबीमा रहेका परिवारलाई शहरमा ल्याउने उनको सपना विस्तारै हराउन थाल्यो । सोही दिनदेखि उनी परिवारकी सुभद्रा होईन सुभद्राको लागि मात्रै सुभद्रा बन्न थालिन् । 

शहर पसेको केही दिनपछि नै ती गाउँलेले उनलाई एउटा अलगै डेरा खोजिदिएका थिए । उनको बसाईँपनि चाँदनी चोकमा थियो । नयाँ डेरामा सरेसँगै उनी व्यवहारको भुमरीमा फस्न थालिन् । उनले त्यहाँ चिनेको भन्ने त्यही गाउँले छिमेकी सहयोगी बाहेक अरु कोही पनि थिएनन् । उनलाई विस्तारै आफ्नो पेट पाल्नको लागि समस्या पर्दै गयो । ती छिमेकी सहयोगी समयसमयमा सुभद्रालाई भेट्न आईरहन्थे । त्यो पनि तिर्खाएको आफ्नो बैंसको प्यास पेट्नको लागि । त्यसबापत उनले केही खर्च दिएर जान्थे । विस्तारै विस्तारै तिनै छिमेकीको सहयोगमा उनका साथीहरुको यौन प्यास मेटाउने काम पनि उनले गर्न थालिन् । 

यसै क्रममा उनको १८ वर्षको उमेरमा एउटी छोरी गर्भमा बस्यो । उनको त्यो समयसम्म जीवनशैली बदलिई सकेको थियो । उनी पेट भर्न समस्या पर्ने अवस्थामा थिईनन् । बरु उनी चिया पिउनको लागि क्याफे धाउँथिन् । उनको उठबस पनि ठूलै मान्छेसँग हुन थाल्यो । आफ्नो गर्भ बसेपछि उनको पेशा केही समयको लागि सुस्ताएको थियो । उनले आफ्नो गर्भ र जन्मिएपछि छोरीलाई पनि राम्रैसँग स्याहार सुसार गरिन् । उनको यो हेरचाहमा एउटी आमाले निभाउनुपर्ने जिम्मेवारी उनले निभाउँदै गईन् ।  

छोरी ठूली भईन् । विद्यालय पठाउन थालेदेखि उनले आफ्नो बाबुको बारे सोध्न थालेकी थिईन् । उनले आफ्नो पेशाको बारेमा छोरीलाई कहिलै पनि जानकारी दिईनन् । उनी छोरी विद्यालय गएको समयमा आफ्नो धन्दा चलाउँथिन् त छोरी आएपछि घरको काम । यस्तैमा उनले लुकाउन खोज्दा खोज्दै पनि उनकी छोरीले आमाको कामबारे जानकारी पाईछाडिन् । बाबु अमेरिकामा रहेको बताएकी आमाले झुट बोलेको र आफ्नो बाबुको बारे केही पत्तो नै नभएको थाहा पाएपछि उनले आमासामु विद्रोह गरेर १४ वर्षको उमेरमा आत्महत्या गरिन् । 

यस्तै कहानी थियो विल गेट्सले सुनेको पनि । पछिल्लोे वर्ष एक कार्यक्रममा आउँदा उनले एउटी विरक्तिएकी यौनकर्मीलाई भेटेका थिए । उनले आफ्नी श्रीमतीसँगै रहेर धेरै समय ती यौनकर्मीको पुरै ध्यान दिएका थिए । उनले एकैपटक ती यौनकर्मीबाट आफ्नो समस्या बुझ्न सकेनन् । विस्तारै विस्तारै जब उनले आफ्नो पीडा पोखिन् । तब विलका आँखा ओभाना रहेनन् । भक्कानिएको मुटुबाट रसाएका आँसुहरु दुई थोपा आँखाबाट खसाल्दै गर्दा उनलाई तिनै यौनकर्मी र आफ्नी श्रीमतीले पनि रुनमा साथ दिईसकेका थिए। 

विल गेट्स विश्वका सर्वाधिक धनी सूचीमा परिसकेका व्यक्ति हुन् । व्यापारमा प्रगति हुँदाहुँदै पनि अहिले दोस्रो धनीको स्थानमा रहेका विल गेट्स माईक्रो सफ्टका संस्थापक हुन्। आफ्नो कमाईको झण्डै आधा हिस्सा सामाजिक काममा लगाईरहेका उनको गेट्स फाउण्डेशनले एड्स रोकथाम कार्यक्रमको लागि पनि धेरै रकम खर्च गरिरहेको छ । 

उनी विश्वभरी नै यो कार्यक्रमको लागि धेरै मुलुकहरुको भ्रमण गरिसकेका छन् । यसै क्रममा उनी एक समय भारतको एउटा यात्रामा आएका थिए । सोही क्रममा उनले जब एक यौनकर्मीको कहानी सुने । उनले सुनेको त्यो कहानीमा तब नयाँ ट्वीस्ट आयो जब एउटी यौनकर्मीकी छोरीले आफ्ना साथीहरुले गरेको बेईज्जती सहन नसकी आत्महत्या गरिन् । यो कहानी सुन्दै गर्दा विल गेट्सको आँखाबाट अनायासै आँशु बग्न थाल्यो । 

यो कहानी गेट्स फाउन्डेशनको एचआईवीरएड्स रोकथाम कार्यक्रम आह्वानको १० सालसम्म अगुवाई गरेका अशोक अलेक्जेण्डरले आफ्नो पुस्तक 'अ स्ट्रेन्जर ट्रथस् लेसन्स इन लव, लीडरशिप एण्ड करेज फ्रम इन्डियाज सेक्स वर्कर्स' मा लेखेका छन् । उनले भनेका छन् कि 'यो कहानीले अनायासै उनको आँशु आयो।' अलेक्जेण्डरले यस पुस्तकमा देशको यौनकर्मीहरु, उनीहरुको जिन्दगी र उनीहरुमाथि निराशाको कारणले समाजलार्इ केही सिकाउन सक्छ रु भन्ने विषयमा चर्चा गरेको बताइएको छ । लेखकले भारतका यौनकर्मीहरुको जिन्दगीको सच्चा कहानी लेखेका छन् । जुन पटक पटक टुटेर उनीहरुको स्थिती विग्रने अवस्थामा पुगेका जिन्दगीहरु तथा नैरास्यबाट जन्मिने किरणलाई फालेर नयाँ आशाको किरणको खोजीमा छन् । आफ्नो यात्राको क्रममा बिल तथा उनकी पत्नी मेलिण्डाले यौनकर्मीहरुमाथि पूरा ध्यान दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ