arrow

चीनको एक प्रयास सफल भए केही वर्षमा विश्वभर 'फ्रि वाईफाई'

गुगलको पनि साथ

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
Greece_worldwide_free_wifi.jpg

काठमाडौं । चीनको एक प्राइवेट कंपनीले विश्वभरी फ्रि वाईफाई दिने योजना सहित २ सय ७२ स्याटेलाईट लन्च गर्ने तयारी गरिरहेको छ । फ्रि वाईफाई योना अनुसार अब विश्वमा मोबाईलको टावर नपुगेको विकट ठाउँमा पनि स्याटेलाईट मार्फत् फ्रि वाईफाई सेवा प्रदान गर्ने लक्ष्य रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । उक्त कम्पनीको दाबी छ कि यो योजना सफल भयो भने विश्वका कुनैपनि दूर्गम क्षेत्रमा फ्रि वाईफाई सेवा प्रदान गर्न सकिनेछ । 

चिनियाँ कम्पनी लिंकश्योरका अनुसार यस स्याटेलाइटलाई पछिल्लो साल चीनका जिऊक्वान स्याटेलाइट लन्च सेन्टरबाट लन्च गरिने भएको छ । २०२० सम्म अन्तरिक्षमा यसैगरी १० स्याटेलाईट पुर्याउने बताईएको छ । त्यही कम्पनीको लक्ष्य अनुसार २०२६ सम्म २ सय ७२ वटै स्याटेलाईट अन्तरिक्षमा पठाईसक्ने बताईएको छ ।  

के हुन्छ लाभ ?
विश्वमा यस्तो स्थान पनि धेरै छ कि टेलिकमको नेटोर्क पुर्याउन नसकेर धेरै मानिसहरु टेलिफोन सेवाबाट बञ्चित छन् । यस कारण त्यहाँ रहने मानिसहरु इन्टरनेटको समेत प्रयोग गर्र्न पाईरहेका छैनन् । यी स्याटेलाईटहरुलाई अन्तरिक्षमा पुर्याएपछि टेलिकमको सेवा विना नै पनि मोबाईल फोनबाट समेत इन्टरनेट सुविधा पाउने छन् । 

के छ योजना ?
लिंकश्योरका सीईओ वांग जिंग्याइंगले सञ्चारकर्मीहरुसँग उनको कम्पनी यस प्रोजेक्टमा ३ बिलियन युआन लगानी गर्ने तयारी गरिरहेको छ । 

यसको लागि पहलो स्याटेलाइटको मददबाट फ्री इंटरनेट एक्सेस दिनको लागि गूगल, स्पेस एक्स, वन वेब तथा टेलीस्याट जस्ता कम्पनीहरु तैयार रहेका छन् । 

चीनको पश्चिमोत्तरमा स्थित गाम्सू प्रान्तमा स्थित जियुकान स्याटेलाइट लन्च सेन्टरबाट आगामी वर्ष केही स्याटेलाईट लन्च गरिने भएको छ । २०२० सम्म अन्तरिक्षमा यस्तो १० उपग्रह पठाउने तयारी भईरहेको बताईएको छ । 

संयुक्त राष्ट्र संघको आँकडा अनुसार, ३ दशमलव ९ अरब मानिस २०१७ को अन्तिमसम्म इन्टरनेटको पहुँच बाहिरबाट थिए । 

बैंक अफ अमेरिका मेरिल लिन्चले अनुमान लगाएका छन् कि २०४५ सम्म दुनियाँका स्पेस इन्डस्ट्रीको बजार मात्रै २ दशमलव ७ ट्रिलियन डलरसम्म पुग्न सक्छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ