arrow

पाँचथरमा ६ जना एचआईभी संक्रमित, २ जनाको मृत्यु

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
HIV-AIDS-dating.jpeg

पाँचथर ।  ३१ औ विश्व एड्स दिवस विविध कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा अहिले ६ जना एचआईभी संकक्रमित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङक अनुसार ४ जना पुरुष र २ जना महिलाहरु एचआईभी संक्रमित रहेको पाइएको हो । उनीहरुले निरन्तर औषधी सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख बुद्धिबहादुर थापाले जानकारी दिए।

यस्तै एचआईभी संक्रमित २ जना पुरुषको भने मृत्यु भइसकेको छ । नेपालमा सन् २०१७ को तथ्याङक अनुसार ३१ हजार २० जना एचआईभी संक्रमित रहेको पाइएकोछ । विश्व एड्स दिवशको अवसर पारेर पाँचथरको फिदिममा फिदिम नगरपालिकाको आयोजनामा निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो ।

 एचआईभी एड्समा स्वास्थ्य स्वयम सेविकाको भूमिकाको विषयमा गरिएको निबन्ध प्रतियोगितामा फिदिम २ की स्वास्थ्य स्वमसेविका रमा पौडेल प्रथम भएका थिए ।

 यस्तै द्धितिय,तृतिय र सान्तावनामा क्रमश बिष्णु श्रेष्ठ,शुशीला तामाङ,र पवित्रा चापागाई हुनुभएको छ । कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम उपाध्याय,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बुद्धिबहादुर थापा,इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी लगायतले बोल्दै एच.आई.भी.एडस लाई निरन्तर जनचेतनामूलक कार्यक्रम गरिरहनुपर्ने बताए ।

कार्यक्रको औचित्य बारे फिदिम नगरपालिका अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालयका संयोजक मचिन्द्र बस्नेतले प्रकाश पारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ