arrow

अन्तरास्ट्रिय नेपाली जनसम्पर्क समिती समन्वय समिति बिश्व सन्जाल अबधारणा

logo
इन्द्र बस्नेत
प्रकाशित २०७५ मंसिर १६ आइतबार
congress-office.jpg.gif

फ्रान्स। अन्तर्राष्ट्रिय राजनैतिक बातावरण तथा नेपालमा भएको परिवर्तनलाई हेर्ने हो भने हरेक केन्द्रीकृत राज्य संरचना भन्दा बिकेन्दृकृत संरचनाबाट प्रभाबमुखी र अपेक्षा गर्न लायक राजनैतिकबाट जनताका लागि ठोस काम गर्न सहयोगी हुने सत्य तथ्य जगजाहेर नै भएको देखिन्छ। 

हरेक संघ संस्था गतिशीलता रहन त्यसको संगठनात्मक ढाँचाहरु क्रियासिल रहनु पर्छ। हरेक संघ संस्थाका आआफ्ना उदेश्य र उपादेयता हुन्छन त्यसको प्राप्तीका लागी गरिने कार्यहरुले त्यसका अग्रगामी लक्ष्य प्राप्तीतर्फ डोर्‍याउन मद्दत मिल्छ जसले गर्दा त्यससँग सम्बन्धित कार्यकर्ताहरु क्रियाशील रहिरहन अभिप्रेरित हुन्छन।हामी संसारका विभिन्न देशमा बस्ने नेपालीहरु पनि कुनै न कुनै उदेश्य प्राप्तीका लागि क्रियाशील भैराखेका छौ, रहने छौ तथापी हामी बिदेशमा बसेर पनि हाम्रो मातृभूमिको सम्झना र प्रगतीको चाहानाबाट छटपटाई रहेको कसैबाट छिप्न सक्दैन। 

हामी नेपाली हाम्रो नेपाल र राम्रो नेपाल बनाउने लक्ष्यका साथ २०६३ सालको जन आन्दोलन पछि जुन राजनैतिक तथा राज्य संरचना हरुको परिवर्तन भयो त्यस को कार्यान्वयन गर्ने जिम्मेवारी नेपालमा बस्नेहरुको मात्र नभै नेपाल बाहिर  बस्ने नेपालीहरुको पनि उत्तिकै जिम्मेवारी छ। नेपाल र नेपालीको समृद्धिका लागि हरेक क्रान्तीमा अग्र मोर्चामा रहि देश र जनताका लागि राष्टियता, प्रजातन्त्र र समाजबादको मार्ग निर्देशक सिद्धान्तबाट परिचालित भै देश लाई यो परिवर्तन सम्म ल्याउन महत्वपूर्ण भुमिका निर्बाह गर्ने नेपाली कांग्रेसका हामी जुझारु र प्रतिबद्ध कार्यकर्ता संसारभर फैलिएर रहेका छौ।  

आज भोलि नेपाली कांग्रेस पार्टीको राजनिती आत्म केन्द्रित रूपमा  फैलिरहेको छ जसले कार्यकर्तामा निरासा छाउँदै गएको अवस्था छ। अर्को अर्थमा भन्नुपर्दा नेपाली कांग्रेसको राजनीति सैद्धान्तिक रुपमा भन्दा ब्यक्तिबादी र आर्थिक रुपमा केन्द्रित रहेकोले गर्दा चाहे देशमा होस वा बिदेशमा सबैतिर संगठनमा चरम निराशा छाउन थालेको छ। पार्टीमा योगदानको कदर हुन छाडेको छ,पैसाको भरमा पद हत्याउने प्रबृती बढेर गएको पाइन्छ। जसले सिद्धान्तनिष्ठ र कार्यदिशा अनुसार चल्न खोज्यो उ नदीको पल्लो किनारा लाग्ने अवस्थाको व्यापक बिकास भएको छ। यस्तो बेला पुरानो संगठनात्मक ढाँचाबाट पार्टी तथा भातृ संगठनको संरचना चल्न नसक्ने अवस्था देखेर नै हामी नेपाल बाहिर रहेर नेपाली काङ्ग्रेस पार्टी प्रतिको योगदान र अपेक्षा अनुसार सङ्ठनलाई चुस्त, दुरुस्त रुपमा परिचालन गर्न नसके नेपाली कांग्रेस यो अवस्थाबाट माथी जाने नभई झन तल जाने खतरा रहेकोले हामी बिदेशमा रहने साथीहरू नेपाली कांग्रेसको भबिस्यप्रती चिन्तित भएको महशुस गरि नेका पार्टीलाई देश भित्र पार्टीको पुरानो सरचना परिबर्तन गर्न जरुरी रहेको र अन्तर्राष्ट्रिय रुपमा पनि संगठन नयाँ सरचनामा जाने प्रतिबद्धताका साथ यो अबधारणा आएको हो। 

पार्टीको प्रबासमा रहेका कार्यकर्ताहरु तथा शुभचिन्तकहरुलाई समेट्ने गरि भातृ संस्थाका रुपमा रहेको नेपाली जनसम्पर्क समितिहरु पनि आत्म केन्द्रित भै काम गर्ने गरेको पाइन्छ जसले कुनै नयाँ अध्यायको शुभारम्भ भन्दा पनि पुरानोको निरन्तरतामा रुमलिएको देखिन्छ। हरेक जनसम्पर्क समिती भित्र एकले अर्को गुटलाई सिध्याउनतर्फ केन्द्रीत भएको महशुस गर्न थालिएको छ। पार्टीको सिद्धांतप्रती इमान्दार हुनु भन्दा पार्टी भित्र रहेको गुट प्रती उत्तरदायी भएकोले नेजस समिती पनि लगाम बिनाको घोडा जस्तै भएको छ। अन्तर्राष्ट्रिय संगठन को  रुपमा रहेको नेकाको भातृ संगठन नै यस्तो अवस्थामा छ भने नेपाल मा रहेको पार्टी संगठनमा पनि कार्यकर्तामा उत्साहजनक स्थिति नभएको अवस्था छ। नेका पार्टीले अझै पनि कार्यकर्ता को मुल्यांकन, नियन्त्रण र परिचालन गर्न सकेको देखिदैन। नेका पार्टी सिद्धांत र नीतिमुखी हुनुपर्ने हो तर नेतामुखी रहेको नाङ्गो आखा बाट हेर्न सकिन्छ। नेका पार्टी भित्रको यो समस्या आएसंगै यसको समाधानको उपाय पनि सँगै रहेको हुन्छ भन्ने महशुस गरि पार्टी नेतृत्व र केन्द्रीय समितिले पार्टी पुनर्जीवित गर्नका लागी छलफल चलाउनु आबस्यक देखिन्छ ।

 कहिल्यै सुझाब दिने प्रयास भयो न कुनै पार्टी सरचनामा परिबर्तन गरि सहयोग पुर्याउने काम भयो।खालि आफ्नो गुटको नेता बोलाउने फोटो खिच्ने फेसबूकमा हालेर आफु नजिक रहेको देखाउने र नेतालाइ सेलिब्रेटि बनाउने काम भै रह्यो। नेका पार्टी प्रजातन्त्र आए पछि धेरै पटक सत्ता रह्यो र हामी संसारका बिभिन्न प्रणाली भएका देसमा बसेका छौ आफु बसेको देस मा लागु गरे जस्तो निति नियम लागु गर्न कहिल्यै सुझाब दिएनौ। बरु कसरी नेताको नजिक हुने काम धेरै गरेको पाइयो। अहिले धेरै साथिहरु युरोपका समाजवादी देशमा रहनु हुन्छ तर कहिल्यै पार्टिका नेतालाई युरोपमा रहेका जससले समाजवाद बारे कहिल्यै झकझकाएनौ।जसको कारण २०४८ साल पछि खुल्ला अर्थ नीतिका कारण शिक्षा र स्वास्थ्यमा भएको बिकराल स्थितिका बारे कहिल्यै कुरा उठाउन नसक्नु पनि त हामीहरुको बौदिक दरिद्रता र आत्म केन्दृत राजनिति गर्नु हो भन्ने प्रस्ट देखिन्छ।

 २१औं शताब्दी अलि छिटो गतिमा हिड्छ र त्यसतै देखिन्छ पनि। अब पुरानो पद्धतिबाट पार्टी तथा भातृ संगठन पनि चल्नु उपयुक्त हुदैन।प्रबासमा रहेका जससले एउटा देश भित्र मात्र सिमित रहि काम गर्ने र पार्टी प्रती कुनै सैद्धान्तिक र नितिगत सहयोग गर्न नसकेको अवस्थामा यो विश्व सञ्जालको आवश्यकता रहेको अनुभती गरि यसको गठन गरिएको हो। पार्टीले यसलाई आत्मसाथ गरि अघी वढ्दा यसमा रहेका साथीहरु थप प्रतिवद्ध भइ पार्टी काममा  थप क्रियाशिल हुने देखिन्छ। यसले कांग्रेसलाई नै फाइदा पुग्ने छ। समग्रमा देशलाई नै फाइदा पुग्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ