arrow

हेड–टू–हेडमा शृङ्खला पछाडि [भिडियोसहित]

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
srinkhala-khatiwada.JPG

काठमाडौँ । विश्व सुन्दरीको होड यतिबेला चीनको सान्यामा भइरहेको छ । डिसेम्बर ८ (मंसिर २२) गते हुने मिस वल्र्डको फाइनल राउन्डका लागि धमाधम प्रतिस्पर्धा भइरहेको छ । 

नेपाली आशा र भरोसा शृङ्खला खतिवडा पनि विश्वको ध्यान खिच्न सफल भइरहेकी छिन् । 

यस अन्तर्गत हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा खतिवडा पराजित भएकी छिन् । पहिलो चरणमा समूह विजेता बन्दै अगाडि बढेकी श्रृङ्खला शनिबार बेलुका भएको दोस्रो राउन्डमा भने सिंगापुरकी प्रतिस्पर्धीसँग पराजित भएकी हुन् ।

मिस सिंगापुर अन्तिम ३० का लागि छानिएकी छिन् । शृङ्खलाको अन्तिम ३० मा पर्ने बाटो अब मल्टिमिडिया वा ब्यूटी विथ पर्पज विधाबाट हुनेछ ।

आर्किटेक्चरमा ब्याचलर श्रृङ्खलाले यसपटक ‘ब्यूटी विथ ब्रेन’ संगै ‘ट्यालेन्सी’ समेत प्रदर्शन गर्दै आइरहेकी छिन् । उनको आत्मविश्वास देखेर उनका प्रतिस्पर्धीहरु समेत आकर्षित भएको बुझिन्छ ।

राजनीतिक पारिवारिक पृष्ठभूमिकी श्रृङ्खला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता विरोध खतिवडाकी छोरी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ