काठमाडौं । नेपाली क्रिकेटका हस्ती पारस खड्का अस्वस्थ भएका छन् । पहिले देखि पेटको समस्याले ग्रसित पारस शुक्रबार मात्रै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका थिए ।
पुरानै समस्याका कारण अस्पताल भर्ना भएका पारसको स्वास्थ्यवस्थाबारे केही संचारमाध्यमले समाचार प्रकाशन गरेपछी नेपाली क्रिकेट समर्थक हतोत्साहित भएका छन् । क्यानमा व्यवस्थापनको विवाद जुहारी चलिरहेका बेला पारसको व्यक्तिगत विषयहरु जोड्नु राम्रो नहुने खेल पण्डितहरुको भनाई छ ।