arrow

प्रियंका–निकको बिहेका लागि ड्रोन ध्वस्त पार्न इजरायलबाट सुटर झिकाइयो

हिन्दू र क्रिस्चियन रीतिरिवाजमा बिहे 

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
priyanka-nick.jpg

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र निक जोनसको बिहे भएको छ । उनीहरुको बिहे क्रिश्चियन रीतिरिवाजअनुसार शनिबार भारतस्थित जोधपुरको उम्मेद भवनमा भएको हो । 

आइतबार फेरि उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे हुँदैछ । यो हाइप्रोफाइल बिहेको फोटोग्राफ राइट्स करीब साढे दुई मिलियन डलरको रहेको छ । 

उक्त राइट्स एक म्यागेजिनलाई बेचिएको छ । म्यागेजिनको नाम सार्वजनिक गरिएको छैन । यो बिहेको फोटो या जानकारी बाहिर नआओस् भन्नका लागि उम्मेद भवनलाई किलाबन्दी गरिएको थियो । 

कसैले ड्रोनको प्रयोग पनि नगरोस् भनी इजरायलबाट ड्रोन ध्वस्त पार्ने १२ सुटर्सलाई बोलाइएको छ । 

उनीहरुले ड्रोन देख्नासाथ सुट गरेर खसाल्ने छन् । बोलाइएका निम्तालुलाई समेत भारतीय ५०० रुपैयाँको स्टयाम्प पेपरमा हस्ताक्षर गराइएको छ । ताकि कसैले बिहेको फोटो वा जानकारी कसैलाई दिने छैनन् । 


सुरक्षाका लागि उम्मेद भवनमा अमेरिकाबाट १०० गार्डस् बोलाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ