arrow

१३० फिटको उचाइमा एक्लै बस्छन् यी क्रिस्चियन धर्मगुरु

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
takuras.JPG

काठमाडौं । मानिसहरुको मनमा धेरै टाढा बसेर संसार हेर्ने चाहाना हुन्छ भने मानिस सन्यासी बन्छ । यस्तोमा उनीहरु गुफाहरु तथा कन्दराहरुमा आफ्नो घर बनाउन थाल्छन् । जर्जियाको एक साधु पनि यस्तै अनौठो प्रकृतिका छन्, जो १३० फिट अग्लो पहाडमा आफ्नो घर बनाएर बसेका छन्, त्यो पनि एक्लै ।

यी साधुको नाम मेक्जिम हो र उनी एक क्रिस्चियन धर्मगुरु हुन् । उनी पछिल्लो २५ वर्षदेखि यो घरमा बस्दै आएका छन् । उनी यहाँ बस्दा आफू ईश्वरको सबैभन्दा नजिक पुगिसकेको बताएका छन् ।

उनी बस्ने गरेको स्तम्भजस्तो पहाडको नाम ‘कात्स्खी पिलर’ हो । मेक्जिम सातामा दुईपटक मात्र यसको तल आउने गरेका छन् । यो पहाडमा चढ्नका लागि १३१ फीटको सिँडी रहेका छन् । जसका लागि मेक्जिमलाई करिब २० मिनेट लाग्ने गरेको छ ।

अरु समयमा उनका सहयोगीहरुले उनलाई आवश्यक सामग्रीहरु उनी भएको स्थानमा पुर्‍याइदिने गरेका छन् । उनले उक्त पहाडमा एक सानो कुटी पनि निर्माण गरेका छन् । जहाँ मानिसहरु गएर प्रार्थना पनि गर्न सक्छन् ।

मेक्जिम युवा अवस्थामा मदिरा र लागू औषध सेवन गर्ने गर्थे । जेल गएपछि उनको जीवनमा महत्वपूर्ण परिवर्तन आएको थियो । त्यसपछि उनी धर्मगुरु बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ