arrow

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा किचलो

logo
ईश्वर दत्त बडू
प्रकाशित २०७५ मंसिर १६ आइतबार
sudurpaschim.jpg

कञ्चनपुर । स्थापनाको छोटो समयमै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा किचलो देखिएको छ । समायोजन प्रक्रिया नटुङ्गिइकनै केही क्याम्पसका प्राध्यापकहरुले बदनियतबस संघको तदर्थ समिति गठन गरेको प्रति किचलो देखिएको हो ।

 तीन प्राध्यापक संगठनहरुले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको तदर्थ समिति गठन प्रति आपत्ति जनाएका छन् । सुप विश्वविद्यालयका कार्यरत प्राध्यापक संघ, नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विज्ञप्ती जारी गर्दै संघको तदर्थ समिति प्रति आपत्ति जनाएका हुन् ।

समान्य छलफल नगरी केही व्यक्तिले समुहलाई आबद्धता दिने नेपाल प्राध्यापक संघको गैर जिम्मेबारीपुर्ण निर्णय लज्जास्पद भएको ठहर गरेको छ । प्राध्यापक संघका कर्ण देव भट्ट, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका राजेन्द्र प्रशाद जोशी र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका धनराज विष्टद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गठन गरिएको प्राध्यापक संघ आधिकारित नभएको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ