arrow

शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
school-new-ff.jpg.jpeg

काठमाडौँ । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवौँ साधारणसभाका अवसरमा आज आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधार कसरी ?’ विषयक बहशमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले शिक्षक र अभियानकर्ताका छोराछोरी नै निजी विद्यालयमा पढाइँदा शैक्षिक व्यापारीकरणका लागि लाभ हुने बताए ।

कार्यक्रममा सहभागीलाई ‘तपाईहरु कसकसका छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन्, ल हात उठाउनुस्, म एक मिनेटको समय दिन्छु’ भनी ढुङ्गानाले प्रश्न गर्दा एक जनाले पनि हात नउठाएपछि उहाँले प्रतिप्रश्न गर्दै भने, “अनि कसरी हुन्छ सामुदायिक विद्यालयको सुधार ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले शैक्षिक सुधारका लागि सरकारले पहल गरिरहेको र अभियानकर्ताले गुण र दोषका आधारमा मूल्याङ्कन गरिदिनुपर्ने बताए ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरुका शैक्षिक र पेसागत मागहरुलाई सरकारले पूरा नगरेका कारण आन्दोलित हुनु परेको जनाए। एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले अग्रजका विचारले आफूहरुलाई प्रेरणा मिलेको र सामुदायिक विद्यालयको रुपान्तरणका लागि थप लागिने प्रतिबद्धता व्यक्त गरे । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ