arrow

प्रियंकासहित कुन-कुन बलिउड स्टारले गरे विदेशीसँग विवाह

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
priyanka-wedding-laughing.jpg

काठमाडौं । भनिन्छ, प्रेमको कुनै सीमा हुँदैन । जो कोहीसँग पनि मानिसको प्रेम हुनसक्छ । यसलाई न त उमेर न त कुनै बन्धनले नै छेक्न सक्छ । जसलाई मनले छान्यो त्यही व्यक्ति आफ्नो सबैथोक हो भन्ने लाग्न थाल्छ ।
केही भारतीय कलाकारहरु यसका उदाहरण बनेका छन् । विदेशीसँग विवाह गरेका भारतीय कलाकारहरु यस्ता छन् –


१.प्रियंका
हालै अभिनेत्री प्रियंका चोपडा र अमिरेकी गायक निक जोनसको बिहे भएको छ । उनीहरुको बिहे क्रिश्चियन रीतिरिवाजअनुसार डिसेम्बर २ मा भारतस्थित जोधपुरको उम्मेद भवनमा गरे भने भोलि सोमबार फेरि हिन्दू रीतिरिवाज दुवैले विवाह गर्दैछन् ।

२. शशि कपुर
शशि कपुरले पनि जेनिफर केन्डालसँग विवाह गरेका थिए । उनी एक थिएटरकी कलाकार थिइन् । सन् १९८४ मा जेनिफरको निधन भएको थियो । २०१७ मा कपुरको पनि देहान्त भएको थियो ।

३. राधिका आप्टे
यी भारतीय बलाकारको बेलायती संगीतकार बेनिडिक्ट टेलरसँग प्रेम बसेको थियो । बेनिडिक्ट पनि अहिले भारतीय सेन जगतमा काम गरिरहेका छन् ।

४. लीजा रे
लीजा रेले अमेरिकी नागरिक जेसन डेहनीसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । जेसनसँग विवाह गरेपछि लीजा पनि बलिउडबाट टाढिएकी छिन् ।

५. सेलिना जेट्ली
सेलिनाले आफ्नो प्रेमका लागि आफ्नो करियर नै त्याग गरेकी थिइन् । उनले अष्ट्रेलियाका व्यवसायी पिटर हगसँग विवाह गरेकी थिइन् । २०१७ मा यो जोडीको दुई जुम्ल्याहा सन्तान पनि भएका थिए ।

६. अरुणोदय सिंह
नेताको घरमा जन्मिएका अरुणोदय सिंहले पनि आफ्नी प्रेमिका ली एन्टनसँग २०१६ मा विवाह गरेका थिए ।

७.प्रीति जिन्टा
प्रीति जिन्टाको अमेरिकी व्यवसायी नेस वाडियासँग प्रेम सम्बन्ध रहेको थियो । यद्यपि उनको सम्बन्ध कुनै दुई छिमेकी मुलुकहरुको जस्तै उचारचढाव पूर्ण थियो । सन् २०१६ मा उनीहरुको विवाह भएको थियो तर केही समयमा नै सम्बन्धविच्छेद भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ